logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जलबिरे भ्याली क्याम्पसले गर्यो जनप्रतिनिधिहरुलाई सम्मान


  • जन आकाश
  • शनिबार, जेष्ठ २८ २०७९

दुर्गा श्रेष्ठ ।



सिन्धुपाल्चोक । जलबिरे भ्याली क्याम्पसले निवर्तमान जनप्रतिनिधिहरु लाई सम्मान तथा नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा क्याम्पस सञ्चालन समितिका अध्यक्ष माधब सापकोटा सुबोधले यो क्याम्पस जलबिरेको मात्रै नभई सिंगो सिन्धुपाल्चोकको शैक्षिक धरोहर रहेको बताउँदै गाउँपालिकाले क्याम्पसको स्तर वृद्धिको लागि सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो।

कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य क्याम्पस सञ्चालन समितिका अध्यक्ष माधब सापकोटा सुबोधले आगामि ५ बर्षे कार्यकालमा जनताको पक्षमा रहेर काम गर्न सुझाव दिए ।

कार्यक्रममा सापकोटाले जनताले विस्वासका साथ जनप्रतिनिधि चुनेकाले कसैको पक्ष वा विपक्षमा नभई सम्पुर्ण नागरिकका आवश्यकताको पहिचान गरि सर्वपक्षीय काम गर्नुपर्नेमा अग्रसर बन्न निर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिए ।

जलबिरे भ्याली क्याम्पसलाई नमूना ,गुणस्तरीय शिक्षा बनाउनको लागि बलेफि ,जुगल गाउँपालिका , चौतारा साँगाचोकगडी नगरपालिकाले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उक्त कार्यक्रममा चौतारा साँगाचोकगडी नगरपालिका का मेयर कृष्ण प्रसाद सापकोटा ( देश बन्दु), उपमेयर सिता थापा, बलेफी गाउँपालिकाका अध्यक्ष गंगा वहादुर तामाङ (प्रबेश), जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, वडा अध्यक्षहरुलाई सम्मान गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend