जन आकाश
मोहन कार्की ।
काठमाडौँ । आइएमईले आफ्नो स्थापनाको २२ औँ वर्ष प्रवेशको अवसरमा आइतवार राजधानीे काठमाडौको एभरेष्ट होटलमा विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवश मनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले प्रमुख अतिथ्य ग्रहण गरी कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, अर्थ सचिव मधुकुमार मरासिनी, श्रम सचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल लगायका व्यक्तित्वहरूले विशिष्ट अतिथि रहेको थियोे । त्यस कार्यक्रमको अध्यक्षता आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले गरेका थिए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शमा पूर्व अध्यक्ष डा. राजेशकाजी श्रेष्ठ , माइग्रेन्ट विज्ञ एवम् राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ्, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र आइएमईका संचालक एवम् आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेलले पनि सम्बोधन गरेका थिए ।
कार्यक्रममा उपस्थित सवैले आईएमइलाई शुभकामना मन्तव्य राखेका थिए । त्यसमध्य डा. गणेश गुरुङले चन्द्र प्रसाद ढकालको विगत र वर्तमानको अवस्थाको वारेका प्रष्टाएका थिए । सम्भवत उनि चन्द्र प्रसाद ढकालका खास साथी भएको हुनुपर्छ । उनको भावमा त्यही देखिन्थ्यो । उनले बिशेष गरेर आइएमइ रेमिट्यान्सको मोडल अफ्रीकन मुलुकमा समेत प्रयोग आईएमई रेमिट्यान्सको मोडल सिकेको र नेपालको सान बढेको उल्लेख गरेका थिए ।
अन्तमा आफ्नो सम्बोधनको क्रममा कार्यक्रमका अध्याक्ष समेत रहेका चन्द्र प्रसाद ढकालले “आफ्नो विगत सम्झिदै भावुक मुद्रामा आजभन्दा २२ बर्ष अगाडी मलेसियाको सानो कोठावाट शुरु गरेको व्यवासाय आज याहासम्म ल्याई पु¥याउन सवैको उत्तिक्कै महत्वपुर्ण भुमिका रहेको भन्दै आफ्ना टिमहरुलाई धन्यावद दिएका थिए । जसमा आफ्नै भाई हेमराज ढकाललाई पटक पटक सम्बोधन गरेका थिए । उनले केही उदारणीय कार्यहरुको वारेमा प्रकाश पारेका छन् । ति उदारण दुईवटा दिएका छन् । एउटा एन. आर. एन. को लगानीमा बनेको चन्द्रगिरी केवलकार निर्माण सकेर सञ्चालन भईसकेको अर्को २७ मेगावाटको दोर्दीखोला जलविधुत आयोजना निर्माण भइ सकेर २ सय मिटर हाईटेन्सन लाईन बन्न नसकेर अड्कीरहेको बताएका थिए । ”
त्यसैगरी उनले एन. आर. एन. वैदेशिक रोजगार सम्बन्धित निकायलाई आग्रह गर्दै विदेशी लगानी नेपालमा भित्रयायर अरु प्रजेक्टहरु सञ्चालन गरेर नेपालका नेपालीहरुलाई नेपालमा नै रोजगार सृर्जना गर्न सकिन्छ त्यसमा सरकारका अर्थमन्त्री तर्फ वातावरण बनाइदिन आग्रह समेत गरेका थिए ।
स्मरणीय बिषय यो छुटाउनु हुदैन र नेपाली समुदायले यस्ता सफल व्यवसायी गर्ने व्याक्तिहरुवाट सिक्नुपर्छ जसले मेहनत गर्छ । इमानदारिता देखाउछ । राज्यलाई फाइदा हुने सोच राख्छ । देश हाम्रो हो हामीले आफै जन्मेको देशलाई सम्झेर काम ग¥यौ भने त्यसले देशको उन्नति पनि हुन्छ । देशको उन्नतिले नै समाजमा स्थपित गर्छ त्यस्तै चन्द्र प्रसाद ढकालको विगतको सानो ठाउ र लगानीले राखेको ठुलो सपना पुरा भएको उदारणले थुप्रै निरासा बोकेर बसेका युवा नेपालीहरुलाई हौशला बढाउने छ । निरासाले होइन उत्साह र योजना बनाउन सक्ने कार्यन्वयन गर्ने क्षमता राख्ने व्यात्तिहरुले मात्रै ईतिहास बनाउछन् । चन्द् प्रसाद ढकाल पनि ज्युदा ईतिहास हुन् ।
बाइसौ बर्षको उपलक्ष्यमा आईएमई रेमिटेयान्सलाई कामना सहित हार्दिक बधाई तथा थप प्रगति उन्नतिको जन आकाश मिडिया प्रा.लि.को शुभकामना छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend