logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बोरामा पैशा जम्मा गरेर छोराछोरीलाई विदेश पठाउने चलन कहिले अन्त्य हुन्छ ?


  • जन आकाश
  • बुधबार, असार १ २०७९

नेपालको पछिल्लो आकाडाले नेपालका प्लस टु पास गरेका विद्यार्थीहरु विदेश जाने चलन हव्त्तै बढेको छ । यसका कारणहरु खोज्यौ भने धेरै होलान् । तर मुख्य कारण चै अविभावक नै हुन् ।



आफ्ना छोराछोरीलाई आफ्नै देशमा राख्नुको सट्टा विदेशमा पढ्न पठाउने नाममा भएभरको सम्पति बेचेर त्यसले नपुगेर आफन्त इस्ट–मित्र भएभरका जो जाहा जे सम्भव छ । उनिहरुसँग पहल गरेर बोरामा पैशा जम्मा गरेर भएपनि विकसित मुलुकमा छोराछोरी पढाउन पठाउने (फेशन) चलन नै बनिसकेको छ । अविभावकहरुको छोराछोरी विदेश पठाउने वित्तिक्कै पैशा कमायर पठाउछ भन्ने अस्वभाविक कल्पना सोच हुन्छ । त्यो वास्ताविकता हुदैन ।

युवा विद्यार्थीलाई विदेश पठाउन भनेर काठमाडौको बागबजार, पुतलीसडक, पर्दशनीमार्ग, नयाँवानेश्वर, चावेल चोक, कोटेश्वर,ललितपुरको कुपनडोल, लगनखेल,सातदोवाटो चक्रपथ लगायत ठाउँहरुमा र भक्तपुर सानो ठिमी, जगति, काभ्रेको बनेपा, धुलिखेल सम्म शैक्षिक परामर्शको नामका अर्थात  ठुुला ठुला होडिङ बोल्ड झुन्ड्यार खोलिएका कार्यलयहरु देखिन्छ ।

यि कार्यलयहरु फस्टाएकै छन् । ति कार्यलयहरुमा विहान विहान भरखरैका युवा युवतीहरु अस्वभाविक सपना बोकेर  कोही जापान, कोही कोरिया, कोही, इरोप, कोही अष्टिे«लिया जान बृज कोर्श पढिरेका हुनछन् । कार्यलयको तुलनामा काठमाडौ उपत्यकामा अन्य कार्यलय नै छैनन् जस्तो भान हुन्छ ।

त्यही तयारी गर्दागर्दै झण्डै चार बर्षजति नेपालमा नै वित्छ । त्यो समयमा नेपालमा नै कुनै सीप सिकेर काम थालेको भए नेपालका यी युवापुस्ताले आम्दानी याही पनि गर्न सक्थे । त्यस्तो याहा गरेको देखिदैन ।

यस्तो अवस्था देशमा कसरी सृर्जना भयो ? प्रश्नहरु उठेका छन् । तर ओठे जवाफ दिनु वाहेक नेपालका सम्बन्धित निकायको कुनै परिणाममुखी काम देखिएका छैनन् ।

किन अकर्षित हुन्छन् त नेपालका युवायुवतिहरु विदेशमा ?
नेपालमा ब्यवहारिक शिक्षा शुरुवाती कक्षाहरुमा हुदैन । त्यसपछि माध्यमिक तह पुरा गर्दासम्म अलिअलि कुन बिषय लियर पढ्ने र भबिष्य बनाउने सोच राखिरहेका हुन्छन् । त्यही मेलोमा कोही कोही विदेश पढ्ने निउमा जाने र उत्तै काम गरेर बस्ने कुराहरु विद्यार्थी विद्यार्थीमा एकाअर्कामा हुने गर्छ । त्यसको वातावरण चै नेपालका विगतमा पढ्न भनेर विदेश गएका अनि उत्तै अन्तराष्ट्रिया इरोप, जापान, कोरिया, भारतका युनिभरसिटीहरुको एजेन्ट बनेर नेपाली विद्यार्थी त्यहा मगाएवापत कमिशन खाने एउटा समुह नै हुन्छ ।

उस्तै परे उसैले कन्सल्टेन्सी खोलेर ब्यापार समेत गरिहेका हुन्छन् । त्यसको प्रभाव नेपालका विद्यार्थीहरुलाइ आकर्षित गरी तान्ने गरेको छ ।

उनिहरुलाई यस्ता विदेश जाना बाध्य पार्ने नेपालको वातावरण पनि जिम्मेवार छ । नेपालमा २०४६ को परिवर्तन पछि नेपालका उधोग कलकारखाना सवै बन्द गरिएका छन् । भने अहिलेसम्म नेपालमा रोजगार सृर्जना हुने खालका कुनै योजनाहरु आएका छैनन् ।अफ्नै देशमा सम्भावना नदेखेपछी  उनिहरु बाध्य भएर भएभरको सम्पति सकेर विदेश जाने गरेका छन् । जुन पढ्नका लागि उनिहरुले शुरुको एप्लाई देखि अष्टिे«लिया जापान, इरोप, अमेरिका पुग्न झण्डै सरदरमा नेपाली रुपैया २० देखि २५ लाँख लागेको रेकर्डले देखाउछ ।

यो रकम नेपालीहरुको लागि निक्कै ठुलो रकम हो । त्यसमा पनि गएको ६ महिना भित्रमा पढ्दै त्यतै काम खोजेर गर्न सकेको खण्डमा अन्य पैशा नेपालवाट त्यहा पठाउनु पर्दैन तर कतिपय विद्यार्थीले त्यो अवसर नपाएको खण्डमा पुनः ६ महिना पछि फेरी नेपालवाट थप पैशा पठाइयन भने अविभावकलाई तारन्तार फोन गर्ने गर्छन यता भयभरको पैशा खर्च गरेर पठाएका बाउ आमाको अवस्था कमजोर रहेछ भने त । अन्तिममा  पढाई सढाई त्यस्तै हो । विदेशमा नै चन्दा उठायर नेपाल फर्कनु वाहेक अर्को विकल्प हुदैन । यस्ता घटनाहरु घट्ने गरेका छन्

अर्को तर्फ नेपालमा यतिवेला अन्तराष्ट्रिय मुद्रा सञ्चितिमा कमि आएको छ । त्यो हुनुमा पनि नेपाली विद्यार्थीहरुले लाखौ डलर साटेर विदेश लैजानुपर्दा देशको अर्थतन्त्रमा पनि असर पु¥याएको छ ।

कुनैपनि नेपाली आमा बुबाको चाहाना आफ्ना छोराछोरी टाढा जाउन र पैशाकै लागि मरिहत्ते गरेका हुदैनन् । तर विकल्प नदेखेपछि,  उनिहरुले पनि बाध्य भएर छोराछोरी बिदेश पठाएका हुन्छन् । नेपालमा गर्नुपर्ने र भएका कामहरु कसरी गर्ने विद्यालय, विश्वविद्यालयमा पढाईकोस्तर कसरी बढाउने र पढाइ सँगसगै रोजगार सृर्जना कसरी गर्ने जस्ता कामहरु राज्यको तर्फवाट गरेर यस्ता चलनलाई रोक्न सकिन्थ्यो । याहा पट्टक्कै छैन ।

नेपाली विद्यार्थीलाई अकर्षणयुक्त पठन पाठन र रोजगार गराउने व्यवस्था अहिले सम्म भएको छैन । त्यस्ता व्यवस्थापन नहुनजेलसम्म बोरामा पैशा जम्मा गरेर छोराछोरी विदेश पठाउने काम रोकिने देखिदैन । यस्ता युवा शक्ति विदेश पलायन रोक्न घरघरवाट नै सरकारालाई दवाव दिन थालौ तव मात्र देशको शिक्षा नीति सुधारिला र देशका सक्षम जनशक्ति देशमा रहन्छ ।

तिनै दक्ष जनशक्ति देशमा रह्यो भने नेपालको बिकास गर्न सक्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend