logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

राजेशबावु श्रेष्ठलाई अस्ट्रियाली सरकारको ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पदवी


  • जन आकाश
  • शुक्रबार, असार ३ २०७९

 



काठमाडौ । गोरखाका सफल ब्यवसायी राजेशबावु श्रेष्ठलाई अस्ट्रियाली सरकारबाट प्रदान गरिने ‘डेकोरेसन अफ अनर इन सिल्भर पदवीमा छनोट गरेको छ । उक्त पदवी अष्टिे«लियाको सरकारले राष्ट्रिय अन्तराष्ट्रिय व्यात्तिहरुलाई प्रदान गर्ने गर्दछ । नेपालका राजेश श्रेष्ठलाई यो बर्ष अस्ट्रियाली सरकारले डेकोरेसन अफ अनर इन सिल्भर’ पदवीवाट श्रेष्ठ सम्मानि गर्ने भएको छ । भने राजेश श्रेष्ठले उक्त पदवी पाउनुहुने भएको छ ।

कोहुन राजेशबाबु श्रेष्ठ ?
नेपालका सफल ब्यवसायी मध्येका एक श्रेष्ठले बिगत २ दशक भन्दा धेरै समयदेखी केबुलकार समेत सञ्चालन गर्दै आएका छन् । नेपालकै पहिलो केबुलकार ‘मनकामना दर्शन प्रालिका निर्देशक समेत रहेका श्रेष्ठलाई अष्ट्रलियामा नै उक्त पदबाट सम्मानित गरिने भएको हो ।

समाजसेवी समेत रहेका श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुनुहुन्छ ।श्रेष्ठलाई उक्त पदका लागि जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले अस्ट्रिया सरकारले दिने पदक ग्रहण गर्न स्वीकृति दिएको थियो । श्रेष्ठका बुवा स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठले सन् २००२ मा यही पदक गोल्डमा प्राप्त गर्नुभएको थियो ।
लक्ष्मणबाबु श्रेष्ठ स्वर्गीय भएपछि मनकामना केवलकार राजेशबाबु श्रेष्ठले हेर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend