logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालमा कम्युनिष्ट पार्टीको नाममा राजनीति गर्नेहरु कम्पनी हुन की पार्टी


  • जन आकाश
  • शुक्रबार, असार ३ २०७९

हाम्रो देश नेपालमा जतिको धेरै कम्युनिष्ट पार्टी सायद संसारमा काही छैन होला । तर व्यवहरमा एउटै कम्युनिष्ट पार्टी भएको पाइयन । श्रममा विश्वास नगर्ने, चन्दा, विदेशीलाई सहयोग गरेवापत प्रप्त हुने पैशा, कमिशन, सरकारमा जादा गर्ने भ्रष्टचारवाट अपवादमा वाहेक कोही चोखो रहेको पाइयन ।



जसको कुनै उधोग, देखिने व्यपार, व्यवसाय छैन उसैको करोडौको सम्पती
नेपालका कम्युनिष्ट पर्टी नामका नेताहरुको जसले कुनै उधोग, व्यवसाय, छैन उसैको करोडभन्दा माथिको गाडी, बगला, विलासिताका जिन्दगी यो कसरी सम्भव भयो ? यस्ता नेताहरुले अरुलाई पाठ सिकाउन सुहाउछ की सुहाउदैन । पार्टीका निम्ति योगदान गर्ने कयौ श्रमजीविहरुको अवस्था कहिल्यै माथि नउठ्ने, तर गफ लगायर झुटका खेती गर्नेहरुको सम्पती अप्रत्यसित देखिने नेपालमा कस्ता खालका कम्युनिष्ट पार्टी छन् । तपाई हामीले देखिराखेका छौ ।

निर्धक्कसाथ भन्न सक्छौ कोही विदेशी गुप्तचर संस्थाहरुका भत्ता खाने कोही रअ, कोही क्वानपु, कोही सिआइए, कोही रसियन खुफिया, कोही एमआई फाइभ, एमआई सिक्स, लयातयत छन् ।

अफु वाहेक अरुलाई राम्रो नदेख्ने, र घाटमा नसेलाउनजेलसम्म अरुको सुझाव सल्लाह नस्वीकार्ने जडशुत्रवादको विरोध पनि गर्ने आफुभित्र भएको क्रुरता नफाल्ने । नेपालका कम्युनिष्ट पार्टी नाम लेखेर उत्टै नेपालमा केही न केही वाहानामा हिंसा रोप्न उद्धत र हिंसा रोपेर विदेशी हतियार किनेर आफ्नै दाजुभाई मार्न लगाउने र हतियार बिक्रीको पैशाको कमिशनमा रमाउने त्यसैलाई क्रान्ति भएको मान्ने पनि यिनै कम्युनिष्ट पार्टी नामका र त्यसैको मिलिभगतमा वेला वेलामा जोडिने नेपाली काँग्रेसका गिरोहहरुको कामले नेपाल देशलाई विश्वका राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्न नेपाललाई ५० बर्ष पछाडी पारेको छ ।

नेपालका प्रतिष्ठा, निष्ठा, उच्च शान, नेपालका परराष्ट्र नीतिको विशेषता भत्काईसकेका छन् । मान्छे बरालेर आफु नेता भएको स्वाङ पार्ने चलन थियो विस्तारै त्यो त कम हुदै गएको छ । तर देशको अवस्था विगारिसकेका छन् । फेरी नेपालीको शिर उच्च राख्न र नेपालको विगतको विरासत उठाउन धेरै मेहनत गर्नुपर्ने र राष्ट्रिय अस्तित्व जोगाउन, कुटनैतिक क्षेत्रमा देखियको धारासायीलाई मिलाउदै उच्च नेपालीको शान राख्न कठिन बनाई सकेका छन् । यो कठिन घडिमा अहिलेका देशप्रति चिन्ता राख्ने युवा बैज्ञानिक, समाजसेवी, राजनीतिक शास्त्रका बिद्यार्थी, वुद्धिजीविहरु, शिक्षहहरु, पेशाकर्मी लगायतले नेपाल देशको हित पक्षधरहरुले यो देशको अस्तित्वको लागि कठिन तर नगरि नहुने काम गर्नुपर्ने   भएको छ ।

नेपालमा कम्युनिष्ट, काग्रेस एकै हुन् ?
भारतमा खुलेका २००४ मा नेपाली काँग्रेस र २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएका हुन् । यिनिहरुले पार्टी स्थापना गरेको देखिय पनि तिनीहरुको उदेश्य नेपालका महत्वपुर्ण अधोग बन्द गराउने कलकारखाना नक्कली मजदुर खडा गरेर नजायज माग राखेर तालाबन्दी गर्ने ,नेपालवाट भारत वा अन्य मुलुकमा निर्यातजन्य बस्तुलाई निमिट्यान्न पार्ने, अन्तराष्टिय व्यवापार घाटा गराउने गरी नेपाललाई अर्थतन्त्रमा कमजोर बनाउदै विदेशीसँग हात थापेर उच्च सम्मानका साथ बाचेका नेपालीलाई शिर निउराउने बनाउन खोलेका पार्टीले ७० बर्षमा देशलाई मागेर खाने परिस्थितिमा पु¥यायका छन् ।

नेताहरुले सुखभोग त गरे तर आत्मसम्मान गुमाउदैछन् ।
नेपालका काग्रेस, कम्युनिष्ट नाम वा अन्य पार्टीका पदीय लाभ लिने जति नेताहरुले काठमाडौमा सुखभोग गर्नेगरी सम्पती त कमाएका छन् । उनिहरुले आत्मसम्मान गुमाउदै छन् । विस्तारै विस्तारै विदेशी शक्तिको दवाव, प्रभाव, खेप्न नसक्ने गरी थिचो मिथोमा देश परिसकेको छ । सीमा अतिक्रमण, आर्थिक नाकाबन्दी, साइलेन्स नाकाबन्दी, नेपालमा आफ्नै उत्पादन केही नहुदा आयतित सामानहरुको मुल्यबृद्धि अत्याधिक बढेर जनतामा राजनीतिक पार्टीप्रति धृर्णा उत्पन्न भएको छ । अन्तराष्ट्रियस्तरमा जनताको विश्वास जित्न नसकेको नेपालका नेताहरुको सन्देश जादा उनिहरुको आत्म सम्मान गिरेको छ । बाहिर नबोलेपनि भित्री रुपमा उनिहरुलाई आत्म गलानी भयको सहजै अनुमान लगाउन सकिन्छ ।

धनसम्पतीले आत्म सम्मान किन्न नपाइदो हरेछ भन्ने ज्ञान नयाँ पुस्ताहरुले सिकेर मेहनतमा विश्वास गर्ने, श्रमलाई विश्वास गर्ने उत्पादनमा ध्यान दिने, चेतनामास्तरमा पुर्णत, विज्ञान र प्रविधिमा नयाँ नयाँ अविस्कारको खोजी गर्ने, विश्वका मानव जातिलाई सेवा पुग्ने प्रविधि उत्पादन गर्न माइन्ड, मनि, मशल अर्थात, ज्ञान, सीप, पैशा, र शरीरिरमा भएका खेर जाने शक्तिलाई पसिनामा बदलेर नेपाल देश सुन्दर नेपाल बनायर विश्वमा नेपालको उदारण अधिकाँश देशहरुले लिने बनाउनु पर्छ । त्यो आट नेपालका नेपालमा नै बसेका र देशभक्तिपुर्ण भावनाले ओतप्रोत साथै व्यवहारमा समेत देखाउन सक्ने नेपालीहरुले आट गर्नुपर्छ ।

अव पुराना पुस्ता र पुरानै प्रणलीवाट  नेपालको विकास सम्भव छैन । राजनीतिक पार्टीहरुको आवश्यक्ता नेपाली गर्न छोडिसकेका छन् । स्वतन्त्र युवाहरुको आट र विवेकले कस्तो काम गर्छ देशको भविष्य त्यसैमा निर्भर हुने भएको छ । त्यसैले नयाँ प्रणाली विकास गर्न अति जरुरी भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend