जन आकाश
रामेछाप । रामेछाप नगरपालिका अन्र्तगत वाडन ६ र ७ मा रहेका अपाङद्धयलाई रामेछाप नगरपालिकाकी बाल कुमारी कार्की थापाले साहायक सामग्री हस्तान्तरण गर्नु भएको छ ।
दुर्गा बहादुर मगर ७ नम्बर वडाका अपाङ हुन भने कृष्णमाया ६ न.वडाकी हुन् । उहाहरु दुवैलाई रामेछाप नगारपालिकाले आजै साहायक सामग्री हस्तान्तरण गरेको हो । नगरपालिकाले आजै बाल सडक नाटक पनि आयोजना गरेको थियो उक्त नाटकको अवसर पारेर उनिहरलाई उक्त सामग्री उपमेयरले हस्तान्तरण गर्नुभएको रामेछाप नगरपालिकाकी कर्मचारी घनमाया श्रेष्ठले जानकारी दिनुभएको हो ।
रामेछाप नगरपालिकामा ९ वटा वडा रहेका छन् । जसमा केही वडामा अपाङग भएका व्याक्तिहरुलाई साहायक सामग्री हस्तान्तरण गरिसकेको र केही वडामा हस्तान्तरण गर्न बाकी रहेको महिला बालबालिका शाखा हेदै आउनु भएकी सरिता बुढाथोकीेले जानकारी दिनुभयको हो ।
महिला बालबालिका, अपाङग, बृद्धाबृदाको क्षेत्रमा रामेछाप नगरपालिकाले जिल्लाकै उत्कृष्ट कामहरु गर्ने गरेको छ । विगत बर्षमा नै केही अपाङगहरुलाई साहायक सामग्री हस्तान्तरण गरेको थियो र कतिपय सामानहरु मगायको र आउन अलि समय लागेको हुनाले हस्तान्तरण हुन नपाएको र सामग्री आउने वितिक्कै हस्तान्तरण गर्ने पनि सरिता बुढाथोकीले जानकारी दिनुभएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend