logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेकपा(माले)को केन्द्रीय कमिटीको बैठक सम्पन्न


  • जन आकाश
  • सोमबार, असार ६ २०७९

काठमाडौ । नेकपा –माले)को आठौ महाधिवेशन पछिको पाँचौ केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ । यहि असर १ गते पार्टी महासचीव सिपी मैनालीको अध्यक्षतामा शुरु भएको बैठक असार ३ गते सम्पन्न भएको थियो । बैठकमा २०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनको समिक्षा, तथा राष्ट्रिय–अन्तराष्ट्रिय परिस्थितिको वारेमा छलफल भएको थियो ।



देशभरीवाट आएका केन्द्रीय सदस्यहरुले दिएका सुझावहरुलाई पार्टीका स्थाई कमिटी सदस्य कुमार बेलवासे र दिनानाथ घिमिरे, जनक चालिसे, खगेन्द्र प्रसाई, कृष्ण रानाले टिपोट गरेका छन् ।

पार्टीले स्थानीय तहमा एक सिट कुनै पनि ठाउँमा निर्वाचन नजित्नुको कारणहरु सहित समिक्षा भएको थियो । आउदा दिनमा पार्टीमा निस्क्रिय भएका केन्द्रीय कमिटी, पोलिट ब्युरो, स्थाई समितिका सदस्यहरुलाई परामर्शकारी सदस्य बनाएर राख्न विधान संशोधनको प्रस्ताव पेस भई एकमतले पास भएको छ ।

यहि कार्तिक २९ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनतासमक्ष राष्ट्रियताका मुद्दामा देशभक्त मोर्चा बनायर जाने निर्णय पनि पार्टीले गरेको छ ।

उक्त माले पार्टीको इतिहास पुरानो छ । २०३५ सालमा माले पार्टी स्थापना हुदाका संस्थापकहरु, मदन भण्डारी, झलनाथ खनाल, बामदेव गौतम, माधव कुमार नेपाल, सिपी मैनाली, राधाकृष्ण मैनाली, जीवराज आश्रित हुन । मदन भण्डारी र जीवराज आश्रितको दासढुङगा कार र्दुघटनामा हत्या गराई स्वर्गीय भइसकेका छन् । माधव नेपाल, झलनाथ खनाल २०४७ सालमा नेकपा (माले) र नेकपा माक्र्सवादी लेलिनवादी मिलेर नेकपा (एमाले) भएको थियो त्यही एमाले पार्टीवाट प्रधानमन्त्री भइसकेका छन् ।

माथि उल्लेखित व्यवाक्तिहरु छुट्टाछुट्टै पार्टीमा छन् । माधव कुमार नेपाल र झलनाथ खनाल नेकपा एककिृत समाजवादीमा रहेका छन् ।

राधकृष्ण मैनाली निस्क्रिय छन् । बामदेव गौतम निस्क्रिय छन् । सिपी मैनाली २०५८ साल पौष ११ गते पुनः गठित नेकपा – माले) को महासचीव रहदै आइरहेका छन् । अहिलेसम्म नेकपा (माले)को आठौ महाधिवेशनसम्म महासचीवमा निर्विरोध हुदै आएका छन् ।

पटक पटक सरकारको नेतृत्व गर्ने अवसर समेत पाएको नेकपा (माले) ले २०७२ सालमा बनेको संविधानमा थ्रेसहोल्ड राखेपछि उक्त व्यवस्थामा अनुसार २०७४ सालमा भएको तिन तहको निर्वाचनमा कुल खसेको मतको ३ प्रतिशत पु¥याउन सकेको छैन ।

राष्ट्रिय पार्टीको नाममा उल्लेख छैन । त्यसैगरी २०७९ बैशाखमा भएको स्थानीय निर्वाचनमा पनि कही कुनैपनि प्रतिनिधि जितेको छैन ।
इतिहास पुरानो पार्टी विरानो बन्दै गएको जस्तो हुन थालेको छ । भन्दै पाचौ केन्द्रीय कमिटीको बैठकमा पुराना पुस्ताको अनुभवलाई नयाँ पुस्तामा कार्यन्वयन गर्न आकर्षणमुलक कार्यक्रम ल्याउन जोडदार माग उठेको थियो ।

अर्को केन्द्रीय कमिटीको बैठकसम्म विधान संशोधन सहित नयाँ पुस्ताको नेतृत्वलाई आकर्षण कार्यक्रम आउन सक्ने अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend