logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रिलायन्स लाइफले ल्यायो सुनिश्चि प्रतिफल योजना


  • जन आकाश
  • सोमबार, असार ६ २०७९

काठमाडौ । रिलायन्स लाइफ इन्स्योरेन्सले ग्यारेन्टेड रिटर्न सहितको बीमा लेख योजना’मेरो सुनिश्चित प्रतिफल बीमा योजना’ २०७९ असार ६ गतेबाट प्रचलनमा ल्याएको छ । कम्पनीले एक कार्यक्रम गरी उक्त योजना सार्वजनिक गरिएको हो । बीमा योजना प्रचलनमा ल्याएको कम्पनीका प्रखुख कार्यकारी अधिकृत राकेश पोखरेलले कार्यक्रमा बोल्दै जानकारी दिएका हुन् । यो बीमा योजना अन्तर्गत बीमितले आफ्नो आवश्यकता अनुसार बीमा शुल्क भुक्तानी गर्न सक्नेछन, साथै सिमित समयको लागि बीमा शुल्क भुक्तानी गरि बीमा लेख अवधिभर रक्षा वरण पाउन सक्ने बताएका थिए । यो योजनामा अढाई गुणासम्म सुनिश्चित प्रतिफल दिने कम्पनीको दाबी गरेको छ ।



रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो उद्देश्य ’उत्कृष्ट योजना र सेवा प्रदान गर्ने’हो र सोहि अनुरुप’मेरो सुनिश्चित बीमा योजना’ नेपाली जीवन बीमा बजारमा अहिले सम्मकै गुणस्तरीय र उत्कृष्ट प्रडक्ट ल्याएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले दावी गरेका छन् ।

यो बीमा योजनामा १६ वर्ष अवधिको बीमालेखमा आधारभुत बीमा शुल्कको २ गुणा र २० वर्षको बीमालेखमा आधारभुत बीमा शुल्कको २.५ गुणा प्रतिफल ग्यारेण्टीका साथ पाइन्छ । यस बमिा लेखमा अतिरिक्त सुविधाहरु लिन चाहने बीमितले अतिरिक्त शुल्क भुक्तानी गरी अतिरिक्त पुरक करार सुविधाहरु समेत लिन सक्ने व्यवस्था रहेको कम्पनीले कार्यक्रममा जानकारी गराएको थियो ।

उसले जारी गरेको योजनाहरु यस्तछन् ।

१ यस योजनाको १६ वर्षको बीमालेखमाआधारभूतबीमाशुल्कको २ गुणा र २० वर्षको बीमालेखमाआधारभूतबीमाशुल्कको २.५ गुणा प्रतिफलग्यारेन्टीका साथ पाइन्छ ।

२ अन्यबीमा गराउँदाबीमाङ्क रकमअनुसार बीमाशुल्क तय हुन्छ भने यो बीमा योजनामाबीमितले आफ्नो इच्छा अनुरुप तय गरिएको बीमाशुल्कको आधारमा बीमाङ्क रकमकायम गर्न सकिन्छ ।

३ बीमाअवधिभन्दाकम समयबीमाशुल्कभुक्तानी गरि ढुक्क हुन सकिन्छ ।
४ बोनस कुनवर्ष कतिभन्ने झन्झट लिनै पर्दैन ।

मृत्यु भएमाः
५ यदिबीमाअवधिबाँकी रहदै बीमितको मृत्यु भएमाबीमितले इच्छाइएको व्यक्तिलाई जम्माभुक्तानी गरेको आधारभूतबीमाशुल्कको न्युनतम २ गुणा देखीअधिकतम २.५ गुणा सम्म रकमभुक्तान गरिनेछ ।

६ यो बीमायोजाना, १६ वर्ष देखि ४४ वर्ष उमेर सम्मको व्यक्तिले लिन सकिने छ ।

७ यो बीमा समाप्ति उमेर ६० बर्ष हुनेछ ।

८ यो बीमायोजनामाबीमाअवधि १६ वर्ष र २० वर्ष हुनेछ । १६वर्ष बीमाअवधिमाजम्मा ५ वर्ष सम्म मात्रबीमाशुल्कतिरे पुग्ने र २० वर्ष अवधिमाजम्मा७वर्ष मात्रबीमाशुल्कतिरे पुग्ने छ ।

९ यो बीमायोजनाअन्तर्गत बीमाशुल्कभुक्तानीवार्षिक हुनेछ ।

अतिरिक्त सुविधाहरुः
माथिउल्लेख गरिएको सुविधाहरुकाअतिरिक्त यस बीमालेखमान्युनथपबीमाशुल्कतिरेर अतिरिक्त पुरक करार सूविधाहरुमा दुर्घटना मृत्यु, पुर्ण स्थायीअशक्तता, बीमाशुल्क छुट, घातक रोगहरु विरुद्धको रक्षावरण सुविधाहरु पनिलिनपाइनेछ ।

कर्जा सुविधाः
बिमितले यस बीमायोजनामा सहभागीभएको ३ बर्ष अवधि पुरा भइ ३ वर्षको बीमाशुल्कतिरी सके पछि सो बीमालेख धितो राखी सर्मपण मुल्यको ९० प्रतिशत सम्म ऋण लिनपनि सक्नेछन् ।

योग्यताः
यो बीमायोजनामा सहभागीहुनको लागिन्युनतमवीमाशुल्क रु २५,००० रहेको छ भने अधिकतमबीमाशुल्क रकमभुक्तानीक्षमतामानिर्भर रहेनछ । न्युनतम र अधिकतमबीमाङ्क रकमभने बीमाशुल्कको आधारमा तय हुनेछ ।

उदाहरणको लागियदि २५ वर्षको व्यक्तिले २० वर्षको बीमाअवधि राखि रु १ लाख रुपैंया वार्षिक बीमाशुल्क७वर्ष सम्म रु ७लाख तिर्छ भने १७लाख ५० हजार बराबरको जोखिमबहनहुनेछ । बीमा परिपक्व भएपछि आधारभूतबीमाशुल्कको अढाई गुणा सुनिश्चितप्रतिफल रु. १७लाख ५० हजार प्रदान गरिने छ । थपन्युनबीमाशुल्क १४ हजार ८ सय ४० तिरेर अतिरिक्त पुरक करार सूविधाहरु दुर्घटना मृत्यु, पुर्ण स्थायीअशक्तता, बीमाशुल्क छुट र घातक रोगहरु विरुद्धको रक्षावरण पनिलिनपाउनेछन् ।

यस योजनाले बीमितलाई उत्कृष्ट रिटर्न, त्यो पनिग्यारेन्टीका साथ र उच्च रकमको रक्षावरण समेत गर्ने भएकाले ग्राहकको लागि योजनाअतिआकर्षक रहने कम्पनीले विश्वास लिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend