जन आकाश
नेपालमा युवा नेतृत्वको कुरा जहिले उठ्ने गदथ्ग्यो तर व्यवहारमा कहिल्यै लागु हुदैनथ्यो त्यस प्रबृतिको अन्त्य कुनै न कुनै तरिकावाट नेपाली समाजले खोजेको थियो ।
त्यो पुरा गर्नलाई २०७९ साल बैशाख ३० गते नै कुर्नुप¥यो । नेपाली समाजले चाहेको नयाँ पुस्तामा नेतृत्व र प्रतिस्पर्धाको आधारमा जनविश्वास भएको नेतृत्व त्यो चाहे पार्टीको होस् वा स्वतन्त्र किन नहोस् । तर कहिल्यै राजनीतिक पार्टीले त्यो नेपाली जनताको चहाना, भावना बुझ्न कोसिस गरेनन् । त्यसैको परिणाम बाढी र्उलिए झै जनमत युवापुस्तामा उर्लिन थालेको छ । त्यो केही स्थानीय निर्वाचनमा बाढीको रुपमा जनताले स्वतन्त्र र युवा पुस्तालाई मत दिएर जितायका छन् भने प्रदेश÷प्रतिनिधिसभाको निर्वाचनमा परकम्पको रुपमा आउने संकेत गरेको छ ।
धरान उप महानगरपालिकामा स्वतन्त्रवाट विजयी भएका हर्कराज साङपाङ राई, काठमाडौ महानगरपालिकामा विजयी भएका बालेन्द्र शाह, उपमेयरमा नेकपा(एमाले) वाट सुनिता डंगोलले नेपालमा पार्टी नामको पसल खोलेर नाफा कमाउने साउजीहरुको पार्टी नामको पसल नै सुकाइदिन लागेको अवस्थामा ल्याईसकेका छन् । अर्का ब्रण्डेड टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने न्युज स्टुडियो छोडेर राजनीतिक मैदानमा प्रवेश गरेका छन् । त्याहा उनको रवाफ र दवावले मक्केका राजनीतिक पार्टी अरुले टेको लगाई दिएका राजनीतिक पार्टीहरु र्गलम्म र्गुलुम्म भग्नबशेष हुने सम्भावना प्रवल छ ।
त्यो पराकम्पमा फैलने क्रममा जो जो युवा अवस्थाका राजनीतिक पार्टी भित्रै छन् उनिहरु जो जो पराकम्पको महसुस गरेर भाग्न सक्छन् । ति घाइते हुदै भएपनि बाच्लान् । बाकी रहेकालाईं रामराम भन्दै भगवान भरोसा वाहेक अरु कुनै विकल्प बाँकी रहला जस्तो छैन । परिस्थितिले त्यही भनिरहेको छ ।
यो अवस्था कसरी आयो त ?
नेपालमा झण्डै ७४ बर्ष अगाडी जंङ बहादुरको नाम लिदै राणा साशनलाई गाली गलौज गरेर प्रजातन्त्रको लागि भनेर ल्याईको व्यवस्थाले जंङ बहादुरले गाडेका पिलर उखाल्ने र नेपालको भुमि खुम्च्याउने, नेपालमा नै गरिखाने नेपालीहरुलाई विदेशमा पठायर परनिर्भर बनाउने, उधोग कलकारखाना बन्द गराउने, खेती वालीहुने ठाउँहरुमा कक्रिट घर बनाउन पलटिङ गर्ने, बलियो रहेको अन्तरष्ट्रिय कुटनीति विर्गार्ने, २००४ सालमा नेपाली काँग्रेस खोल्दा जो जो पार्टीमा लागेका थिए , २००६ सालमा जो जो कम्युष्टि पार्टीमा लागेका थिए तिनिहरु कालगतिले स्वर्गीय भए बाँकी रहेका २००४६ सालमा नेपालको हितलाई भन्दा विदेशी हितालाई संक्षण गर्नको लागि उठाइएको नेतृत्व गरेका व्याक्तिहरु वाहेक यो नेपालमा कोही महत्वपुर्ण राज्यको नीति, विधि, विधान लेख्ने ठाउँमा पुग्न नदिने विदेशी निर्देशनका मानिसहरु नै नेपालका राजनीतिक पार्टीका प्रमुख भइराखेका थिए । छन् ।
त्यो समयवाट यो समयसम्म आउदा नेपालका उधोग कलकारखाना बन्द गराएको र नेपालको अथाहा सम्भावना भएको क्षेत्रमा काम हुन नसकेको देख्दा प¥यास गर्नेहरुलाई असफल बनाइएको चरम दमनको नीतिले र देश–देशसँग गरेका का असमान सन्धि, सम्झौताहरुले नेपाललाई पारेको दुरगामी असरवाट जनताले परिवर्तन खोजेकै हुन् ।
रवि लामिछानेहरुवाट यो सम्भव छ त ?
नेपालमा युवा टे«न्डको शुरुवात गर्ने चलन उज्वल थापाको नेतृत्वमा विवेकशील अभियाँनले बसन्तपुर डबलीमा नयाँ प्रविधिको प्रयोग गरेर भएको थियो । तर पछि विवेकशील पार्टीको रुपमा विकास भयो र विधवत रुपमा निर्वाचन आयोगमा दर्ताभई निर्वाचनमा विवेकशील पार्टी प्रतिस्पर्धामा उत्रियो, पछि अन्तराष्ट्रियस्तरको विविसी न्युजका प्रख्यात पुर्व पत्रकार रविन्द्र मिश्रले साझा पार्टी स्थापना गरे त्यो पार्टी मिलेर बनेको विवेकशील साझा पार्टीको नामकरणमा समाहित भयो । नयाँ पुस्तालाई टे«न्डको रुपमा सवलीकरण गराउने सोचका प्रवतक उज्वल थापाको निधनले केही न केही दवाव बढेको छ ।
उज्वल थापाको नेतृत्वमा शुरु भएको अभियाँन उनको अप्रत्याशित स्वर्गरोहणले नेपालका देशभक्त युवा टे«न्ड र नेपाल देशका हरेक नागरिकले प्रत्येक क्षणमा प्रत्येक काम गराईमा देश सम्झने अभियाँनमा केही धक्का पुगेपनि त्यो अभियाँन रोकीयको छैन । अहिले हजारौ त पक्कै पुगेका छैनन् होला त्यो चेतनाका क्षमता भएका तर अभियाँलाई साथ दिने लाखौ पुगेका छन् ।
त्यो विवेकशीलले तय गरेको अभियाँन कै निरन्तरता हो भने रवि लामिछानेको देशसँग सम्बन्ध बढ्न सक्छ । त्यो भन्दा फरक ढंङगावाट कोही कसैले दिएको सल्लाह सुझावमा वा चितवनमा भएको सालिकरामको आत्म हत्यामा रवि लामिछानेको नाम मुछिदा पाएको पिडालाई आवेगको रुपमा मात्र व्यक्त गरिएको हो भने रवि लामिछानेको लागि निर्वाचनमा विजय हाशिल गरेपनि राजनीतिक सफलता हाशिल नहुन सक्छ ।
कतिछन् देशलाई माया गर्ने युवाहरु
नेपालमा काठमाडौ आसपासमा बसेर राष्ट्रवादको नारा लगाउने अरुको विरोध मात्र गर्न जान्नेहरुको समुह वेला वेलामा देखिन्छ । त्यसलाई राष्ट्रवादी वा देशलाई माया गर्ने भनेर चिनिहाल्नु भुल मात्र हुन्छ । तर केही तथ्यगत आधारमा विषय उठायका छन् भने अभिलेखको लागि काम लाग्छ । भलै देशको हितमा कुरा मात्र गर्दा पनि देशप्रति उत्साह जगाउछ । त्यसलाई राम्रो मान्नुपर्छ ।
तर त्यो भन्दा हजारौ गुणाले निपुण देशभक्त नेपालमा गाउँका कुना देखि शहरमै पनि चुपचाप आफ्नो कर्म गरेर राष्ट्रलाई योगदान पु¥याएका हजारौ देशभक्त बृद्धा देखि युवासम्म नेपालमै छन् । यस्ता कर्म गरेर देशलाई माया गरेको आधार प्रस्तुत गर्न सक्ने युवाहरुले पनि देशको नेतृत्व गर्ने ठाउँमा आट गरेर प्रतिस्पर्धामा उत्रिनुपर्छ । जसलाई नेपाली माटोमा लडिबुडी खेलेको, घास, दाउरा गरेको, देखि देशले राष्ट्रिय–अन्तराष्ट्रिय सम्मको विश्लेषण गर्न सक्ने क्षमता राख्छ ।त्यस्तै अनुभवि ज्ञान भएको युवा पुस्ता देशले खोजेको छ । हाउडे नेता खेजेको छैन ।
कुनैवेला विपी युवा थिए, युवा अवस्थामा नै प्रधानमन्त्री नै भए , पुष्पलाल पार्टी स्थापना गर्दा युवा नै थिए । तर उनको मृत्युसमेत नेपालमा भएन । अहिलेका जति संदनमा सत्तामा छन् । सवै युवा हुदा नै केन्द्रीय सदस्य भएर आएकाहरु हुन् । ति मध्य कति योग्य छन् । त्यस्तै हो अहिले आएको युवाको लहर पनि, तर व्यवस्थापनमा भुत, वर्तमान र भविष्यलाई निर्धारण गर्ने विषयमा नीतिगत निर्णय नगरीकन युवा पुस्तामा आएको टे«न्ड विश्वसनीय हुन सक्दैन ।
अहिले आएको युवापुस्ता प्रतिको माहोललाई नेतृत्व गरिरहेका युवापुस्ताहरुले सयमित हुदै स्वस्थ प्रतिस्पर्धा पत्यारिलो आधार पेश गर्न सक्ने युवाहरुले नेतृत्व गर्ने आधार पेश गर्न सक्नुपर्छ ।
त्यो भनेको आफ्नो देशको सार्वभौमिकता, मानिसहरुको अर्थतन्त्रमा बृद्धि गर्ने सोच यति दुइटा बिषयमा विश्वसनीय वातावरण बनाएमा देशका पुराना पुस्ताको असफलतालाई फालेर सफलताको जग बसाउन सक्ने आधार देखिन्छ ।
यस्तै विषयहरुमा जन आकाशको प्रकाशन २०७३ देखि अनलाईन संस्करण र २०६५ देखि नै छापा संस्करण प्रकाशनमा छन् । युवा राष्ट्रवादी, देशभक्त हु भन्नेहरुले पढ्न सुझाव छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend