logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

आमाद्धारा छोरी ज्वाईंलाई सुर्या लाइफमा बीमा कोसेली


  • जन आकाश
  • बिहिबार, असार ९ २०७९

 



काठमाडौं । आमाबुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्वल भविष्यको चाहाना सदैव आमाबुबाले राखेका हुन्छन् । उनीहरुको पालन पोषन, शिक्षा दिक्षा, विवाह, ब्रतबन्ध आदि अविस्मरणीय रहोस भन्ने इच्छा सबै अभि भावकको हुन्छ । छोरा छोरीको विवाह अभिभावकको लागि एक अमुल्य क्षण हुन्छ । यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी ज्वाईंलाई उपहार स्वरुप जीवनबीमा गरीदिएकीछिन् । जीवनमा आइ पर्न सक्ने जोखिम बहन र बचत पनि होस भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरी ज्वाईं, पुजा रेग्मी र सुझाब आचार्यको जीवन सुखमय होस भन्ने कामनासहित बीम गरिदिएकी हुन् ।

कम्पनीको कुश्मा शाखाबाट जारी गरीएको उक्त बीमा योजन सूर्या लाइफका एजेन्सी विभाग प्रमुख, यज्ञ बहादुर राउतले बैबाहिक समारोहमै गएर हस्तान्तरण गरेको सर्या लाइफले जारी गरेको नोटमा उल्लेख छ ।

सूर्या सुरक्षित योजना र सूर्या सुरक्षाकवज सहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम बहन पनि हुने हुदाँ सबैलाई जीवन बीमा गर्न मेनका रेग्मीले सुझाव दिएकी थिइन् । हाँसी खेली घुमेको माईतिघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो यो कोसेली स्वरुप आफ्ना छोरी र ज्वाईं दुबैको बीमा गरिदिएको कुरा उनले व्यक्त गरेको उल्लेख छ ।

बीमा ले जोखिम बहन गर्नुका साथै भविष्यको लागी बचत पनि हुने भएकोले दुलही अन्माउँदा बीमा योजना उपहार दिने एक नौलो र उत्कृष्ट अभियान अहिले चलेको देख्दा जीवन बीमाको महत्वप्रति जनमानसमा सचेतना बढेको भन्ने कुरामा विश्वसत रहेको कुरा समाहरोमा उपस्थित आफन्त र जन्ति पक्षले बताएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend