logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

हिमालयन रि इन्स्योरेन्सको कार्यप्रति खनियो पत्रकार महासंघ


  • जन आकाश
  • बिहिबार, असार ९ २०७९

 



काठमाडौ । हिमालयन रि इन्स्योरेन्स लि.ले मिति २०७९ असार ८ गते आयोजना गरेको हिमालयन रि इन्स्योरेन्स रेन्डेभोस २०२२ कार्यक्रममा प्रेसलाई निषेध गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गरेको छ ।

सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्तिहरू सहभागी सार्वजनिक कार्यक्रममा समाचार संकलनका लागि पुगेका ५० भन्दा बढी पत्रकारलाई कार्यक्रम स्थलमा प्रवेश रोक लगाउनुका साथै कार्यक्रम स्थल प्रवेश गरिसकेका १० भन्दा बढी पत्रकारलाई आयोजक पक्षबाट बाहिर निकालिएको घटनालाई लियर पत्राकार महासंघले मितिः २०७९ असार ९ गते जारी गरको बिज्ञप्तिमा भनिएको छ ।

सार्वजनिक निकायका कुनै पनि विषयमा पत्रकारलाई समाचार संकलन र संप्रेषण गर्ने अधिकार संविधानले सुनिश्चित गरेको छ । यसलाई बेवास्ता गर्दै उच्च पदस्थ सहभागी कार्यक्रममा पत्रकारलाई समाचार संकलनमा रोक लगाउनु, बलजफ्ती निकालिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै आपत्तिजनक काम हो । महासंघ प्रेसविरोधी यस्ता कार्यको कडा रूपमा भर्त्सना गर्दछ । र, पत्रकार संवैधानिक अधिकारको सम्मान गरी यस किसिमका कार्यक्रममा निर्वाध र सहज पहुँचको व्यवस्था गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ। पत्रकार महासंघका महासचीव रोशन पुरीद्धारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend