जन आकाश
मोहन कार्की ।
काठमाडौ । मितिः २०७९ असार १० गते परिवार कल्याण महाशाखाले स्वास्थ्य सेवा बिभागले टेकुमा परिवार योजना र स्वास्थ्य सेवा सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता डा. विवेक कुमार लालले गर्नुभएको थियो । कार्यक्रम सञ्चानल त्यसै शाखाकी कर्मचारी तुलसा अधिकारीले गर्नुभएको थियो ।
त्यस कार्यक्रमलाई आकर्षण र ज्ञानले भरिपुर्ण पार्न टे«नर डा. राजेन्द्र गुरुङ र डा. कविता अर्यालले स्वास्थ्य सम्बन्धि प्रोजेक्टरद्धारा तथ्यहरु देखाएका थिए ।
कार्यक्रममा उल्लेखिय मात्रमा पत्रकारहरुको उपस्थिति रहेको थियो । नेपालमा जनसंख्या घटेको बिषयमा आएका तथ्य र स्वास्थ्य सम्बन्धि आएका समाचारहरुलाई कति भ्रमक कति तथ्यसँग मेल खान्छ भन्ने बिषयमा पनि डा. गुरुङले प्रोजेक्टरमा देखाउनु भएको थियो ।
अर्की टे«नर कविता अर्यालले महिलाहरुको समस्या जस्तै बाझोपन भएका महिलाहरुलाई सरकारले संविधानको धारा ३८ मा सन्तान प्रप्त गर्न मौलिक हक सुनिश्चित गरेको संविधानका धाराहरु समेत प्रोजेक्टरमा देखाउनु भएको थियो ।
उहाँले, जनसंख्या घट्नुमा दुई सन्तानको अवधारणाले नभएर अहिले मानिसहरु ढिलो विवाह गर्नु, गर्वपतन गराउनु, धेरै मानिसहरु बैदेशिक रोजगारमा जानु जस्ता कारण प्रष्ट्याउनु भएको थियो ।
शारीरिक सम्बन्ध राख्दा साधनको प्रायोगले जनसंख्या नघट्ने बरु बढ्ने भन्दै तुलसा अधिकारीले तर्क दिनुभएको थियो । उहाले जन्म अन्तर हुदा र साधनको प्रयोगले मानिसहरुमा आउने परिपक्कता साथै सवै कुरामा मानिस दक्ष हुदा आर्थिक क्षमता बढ्ने, सवै कुराहरु बढ्दा सन्तानको बृद्धिमा पनि टेवा पुग्ने भनाई राख्नु भएको थियो ।
सरकारले यस बर्षको बजेटमा परिवार योजना र स्वास्थ्य सम्बन्धि बजेट घटाएकोमा यसले भोलिका दिनमा समस्या हुने भन्दै पत्रकारलाई यस बिषयमा आवाज उठाईदिन आग्रह गरिएको थियो ।
उपस्थित पत्रकारहरुले स्वास्थ्यको क्षेत्रमा गर्नुपर्ने सही सुचनाहरु प्रवाह गर्न प्रतिबद्ध जनाएका थिए ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend