logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रामेछाप–काठमाडौँ पत्रकार समाजको अध्यक्षमा दिपेन्द्र गुरुङ


  • जन आकाश
  • आइतबार, असार १२ २०७९

काठमाडौ। काठमाडौको चक्रपथस्थित अरिकल ब्याङब्युटमा मितिः २०७९ असार ११ गते भएको दोस्रो अधिवेशनले दिपेन्द्र गुरुङलाई अध्यक्षमा चयन गरेको छ ।



त्यसैगरी कार्यसमिति पदाधिकारीहरुमा
उपाध्यक्षः यसिमा महत
महासचिवः प्रज्वल पौडेल
सचिवः एलिना कार्की
कोषाध्यक्षः दुर्गा खड्का
सदस्यहरु
घनश्याम श्रेष्ठ
पवन बराइली
राजकुमार खाती
सुवास सुनुवार रहेका छन् ।

उक्त अवसररमा रामेछापका पत्रकारहरुलाई  त्यस कार्यक्रमा प्रमुख अतिथिको रुपमा निम्त्याइएका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचीव टंकलाल घिसिङको हातवाट सम्मान पत्र समेत प्रदान गरिएको थियो । सम्मानित हुने पत्रकारहरु यसप्रकार रहेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्यः माधव पौडेल
नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्यः ज्ञानप्रसाद पौडेल
नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला अध्यक्षः सूर्य सुवेदी
रहेका छन् ।

ज्ञान प्रसाद पौडेल विदेश भ्रमणका रहेका कारण कार्यक्रमा उपस्थित थिएनन् भने माधव र सुवेदीमा सम्मान पत्र ग्रहण गर्ने दुईजना रहेका थिए ।

त्यसैगरी रामेछाप–काठमाडौ पत्रकार समाजलाई सहयोग गर्ने रामेछापकै तर हाल विदेशमा रहेका समाजसेवी सोनाम गेल्बु शेर्पालाई सम्मान गर्ने कार्यक्रम रहेको भएपनि उनि कार्यक्रममा उपस्थित हुन नकसेको कारण समाजका निवर्तमान अध्यक्षले उनलाई दिने बताएका थिए ।

रामेछापवाट काठमाडौमा आई पत्रकारिता पेशामा आवद्ध पत्रकारलाई समेटेर काम गर्न खोलिएको संस्थामा उल्लेखिय मात्रमा सहभागिता भएको थिएन । युवाराज विद्राहीले त खवर नगरेको भनेर सामाजिक सञ्जालमा लेखिसकेका छन् ।

काठमाडौ पत्रकार समाजका पदाधिकारीहरुले जान जान रामेछापका पत्रकारहरुलाई नछुटाएको तर अञ्जानमा छुटेको हुनाले आउदा दिनमा सवैको उपस्थितिलाई विवेकले भ्याएसम्म समेट्ने निवर्तमान अध्यक्ष प्रेम गौतमले बताएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend