logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कारागारमा रहेका १२१ कैदी बन्दीको निःशुल्क आँखा परीक्षण


  • जन आकाश
  • बिहिबार, असार १६ २०७९

 



 

रामेछाप । रामेछाप कारागारका १२१ जना कैदी बन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ । कारागारमा रहेका कैदीबन्दी, कार्यरत कर्मचारी र कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मीको पनि निःशुल्क आँखा परीक्षण गरिएको छ।

मितिः २०७९असार १४ र १५ गते गरिएको परीक्षणमा कैदी बन्दीको आँखा चिलाउने, आँखा पाक्ने, मोतियाबिन्दु, जलबिन्दु र आँखामा मासु पलाउने जस्ता समस्या देखिएका थिए । उक्त समस्यालाई लियर कारागारले रामेछाप नगरपालिकालाई जानकारी गराएको थियो । सोही समस्यालाई रामेछाप नगरपालिकाको सहजीकरणमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली, कारागार कार्यालय रामेछाप र रामेछाप सहयोगी मनहरु (रासम)को संयुक्त आयोजनामा गरिएको आँखा परीक्षणका लागि आवश्यक सहयोग हिमालयन मोतियाबिन्दु प्रोजेक्टले गरेको थियो ।

उक्त कार्यक्राममा आखा जाच गर्न पाएका कैदी, बन्दीहरुले निशुल्कः सेवा पाएकोमा खुशी भएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend