logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

लिखु तामाकोशी गाउँपालिकाले टुहुरा बालबालिकालाई गरयो सहयोग


  • जन आकाश
  • शनिबार, असार १८ २०७९

घोवी । रामेछापको लिखु–तामाकोशी गाउँपालिकाले मितिः २०७९ असार १७ गते टुहुरा भई लालन पालनमा समस्या भएका तर स्कुल पढिरहेका बालबालिका तथा बालबालिकाहरुलाई  जनही ८००० का दरले ९ जनालाई सहयोग हस्तान्तरण गरेको छ ।



लिखु–तामाकोशी गाउँपालिकाको कार्यलयमा आयोजित कार्यक्रममा गाउँपालिकाका नव निर्वाचित केशव महत, उपाध्यक्ष दिपा पाख्रिन, गाउँपालिकाका निमित प्रमुख प्रसाशकीय अधिकृत नविन कुमार शाह, महिला विकास शाखाकी साहायक महिला निरिक्षक बसन्त धर्तीले संयुक्त रुपमा बालबालिका संरक्षण गरिरहेका संरक्षकहरुलाई चेक हस्तान्तरण गरेका थिए ।

 

सहयोग प्राप्तगर्ने बालबालिकाहरु यसप्रकार छन् ।

आसिम अधिकारी
पासाङ तामाङ
ममिता तामाङ
युवाराज तामाङ
लुक्मा मञ्जरी सुनुवार
शुरेस तामाङ
सविन मगर
ुसृर्जना कार्की
सोनिया मगर

असिम अधिकारी कक्षाका फष्टब्वाई समेत रहेको जानकारी उक्त कार्यक्रममा दिइएको थियो ।

आयोजित कार्यक्रममा उपस्थित रामेछाप जिल्लाका पत्रकारहरु माझ बोल्दै अध्यक्ष महत र उपाध्यक्ष दीपा पाख्रिनले लिखु–तामाकोशी गाउँपालिका भित्र कुनैपनि बालबालिकाहरु शिक्षाको उज्यालेवाट बञ्चित हुन नपरोस भनेर यो बर्षको कार्यक्रम नीतिमा नै राखेर लगत संकलन भइरहेको छ । हामीले भोलिका भविष्य यिनै बालबालिका हुने भएकाले पहिलो शुरुवात बालबालिकावाट गर्न लागेको उल्लेख गरेका थिए ।

२०७२ सालको संविधानले देशको केन्द्रीकृत राज्य प्रणालीलाई संघमा लगेपछि जिल्लामा रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिका शाखा स्थानीयमा समायोजन गरेको थियो । ति महिला बालबालिका शाखाका कर्मचारीहरुलाई कतिपय गाउँपालिका, नगरपालिकाहरुले वडा सचिवको रुपमा पठायर काम लगाएका थिए भने महिला, बालबालिका क्षेत्रमा काम सुन्य बनाएका थिए । तर पछिल्ला समयमा ति महिला बालबालिका क्षेत्रमा काम नगर्ने पालिकाहरुलाई प्रदेश, संघले बालबालिकाको क्षेत्रमा काम नगर्ने पालिकाहरुलाई नम्बर काटेर त्यही नम्बरकै आधारमा बजेटको व्यवस्थापन गर्न लागेपछि सवैतिर महिला, बालबालिकाको क्षेत्रमा काम देखिन थालेका छन् ।

त्यस्तै लिखु–तामाकोशी गाउँपालिकामा पनि महिला बालबालिकाको क्षेत्रमा पछिल्लो ९ जना अविभावक विहिन बिद्यार्थी बालबालिकाहरुलाई गरिएको सहयोगले लिखु–तामाकोशी गाउँपालिकाको बालबालिकाको क्षेत्रमा सक्रियता भएको देखाउछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend