logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

जन्मदिनमा पत्रकार बजगाईद्वारा असहायलाई सहयोग


  • जन आकाश
  • आइतबार, असार १९ २०७९

 



 

काभ्रे । पत्रकार नवराज बजगाईले बिगत वर्षहरुमा जस्तै काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गरेर आफ्नो जन्म दिन मनाएका छन् ।

पत्रकार महासंघ काभ्रे र प्रेस चौतारी काभ्रेका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहेका बजगाईले शनिबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर) को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसंगै खाद्यान्न र लत्ता कपडाहरु सहयोग गरेका हुन् । उनले विगत वर्षहरुमा पनि सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरुमा सहयोग गरेका थिए ।

धेरै सहयोग गर्न नसकेपनि जे जती सकियो तेति सहयोग गर्दा समाजका अरुले पनि देखेर यसैगरी सामाजिक कार्यमा लाग्न सक्ने भन्दै आफुले प्रत्येक जन्मोत्सव यसरी नै सामाजिक कार्य गरी मनाउने गरेको पत्रकार बजगाईले भनाई छ ।

आफुलाई जन्मदिने बुबा आमा नभएपनि सेवा घरमा रहेका बृद्धबृद्धालाई भेट्दा बुबा आमाको न्यास्रो मेटिनुका साथै मातृ प्रेमको आभास मिल्ने गरेको उनको भनाइ थियो । असहायको साथ र बृद्धबृद्धालाई सम्मान गर्दा उनिहरुको मार्गदर्शनले जीवनलाई सहि निर्देश गर्ने भएकाले मन्दिर गएर पूजा गर्नु भन्दा आश्रममा रहेकाहरुलाई सहयोग गर्दा बढी धर्म र कर्तव्य निर्वाह हुने हुदाँ आफुले सकेको सहयोग जारी राख्ने बजगाईले बताउने गरेका छन् ।

उनले सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठलाई चामल, आटा, दाल, तेल, नुन, जिरा मसला, चिनी, चियापती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, फलफुल, जुस, बिस्कुटसहित खाद्यान्न र लत्ता कपडाहरु हस्तान्तरण गरेका थिए ।

सामग्री बुझ्दै सेवा घरकी अभियान्ता सुस्मिता श्रेष्ठले यस्ता सहयोगी कै कारण सेवा घर असाहयको साहारा बन्न सकेको बताइन् ।

सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य पिडितहरुको सेवाको लागि ५ वर्षअधि मानव कल्याण समाजको शाखा कार्यालय घुलिखेलमा खुलेको थियो । जहाँ सडक तथा सार्वजनिक स्थलमा कष्टकर जिवन बिताउन बाध्य भएकालाई उद्धार गरी व्यवस्थापन गर्ने गरिएको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईले बताएकी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend