logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछाप नगरपालिकाको आ.ब निति तथा कार्यक्रमसहित बजेट सार्वजनिक


  • जन आकाश
  • सोमबार, असार २० २०७९

मोहन कार्की ।
रामेछाप । रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि निति,कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मितिः २०७९ असार ९ गते कार्यपालिकाका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, सञ्चारकर्मीहरुको उपस्थितिमा नीति,कार्यक्रम तथा बजेट सार्वजानिक भएको हो । बजेटमा शिक्षा, स्वस्थ्य, कृषि, सडक र खानेपानीलाई प्राथमिक दिइएको छ । रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले ११ औं नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् ।



प्रस्तुत नीति,कार्यक्रममा “पर्यटकको रहर, फुलै फुलको सहर” “रामेछाप बासीको रहर ऐतिहासिक नगर” स्व्च्छ पिउने पानी स्वस्थ जिन्दगानी, “सिँचाइ सुविधा गह्रा गह्रा रामेछाप नगर हराभरा” जेष्ठ नागरिक समाजको आधार घरघरमै स्वास्थ्य परिक्षण र उपचार,स्व्च्छ र स्वास्थ स्वास शान्त र शितल आवास उज्यालो नगर सुरक्षित शहर,स्थानीय सरकारको अपरिहार्यता उत्तरदायीत्व र पारदर्शिता, स्वास्थ्य नागरिक समृद्द नगर, दिगो पुर्वधार सम्वृद नगरको आधार र महिलासँग उपेयर जस्ता महत्वपुर्ण नीति तथा कार्यक्रमहरुलाइ प्राथमिक राखेर बजेट सार्वजानिक भएको छ ।

नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा पुरा हुन नसकेका योजनालाई नै निरन्तरता दिने जनाएको छ । नगरपालिकाका उपप्रमुख बालकुमारी कार्कीले ७४ करोड ६५ लाखको बजेट सभामा प्रस्तुत गरेकी थिइन ।
रामेछाप नगरपालिकामा नेपाली काँग्रेसको बहुमत संख्याले कार्यपालिका विजयी हाशिल गरेको छ । यो भन्दा अगाडी स्थानीय तहको नेतृत्व पनि नेपाली काँग्रेसको नै भएको हुनाले पहिलाका सवै कार्यक्रमलाई निरन्तरता दिदा रामेछाप नगरपालिकाको बिकासमा थप टेवा पुग्ने अनुमान गरिएको छ ।
गएको ७८÷८९ आर्थिक बर्षको बजेट तर्जुमा गर्दा त्यस नगरपालिकामा प्रमुख प्रसाशकीय अधिकृत रामचन्द्र लामगाधे रहेका थिए । हाल पनि उनै लामगाधे अधिकृतको रुपमा रहेका र कमेष्ट्री मिलेको हुदा रामेछाप नगरपालिकाले सोचे जस्तो विकासका काम, सचेतनामुलक कार्यक्रम, पर्याटनको विकास, मनवीयताको रक्षा, शिक्षामा सवलीकरण, स्वास्थ्यमा सरलीकरण गर्न सक्ने आधार हुन सक्ने जन विश्वास रहेको छ ।
त्यो काम गर्ने जनप्रतिनिधिको कार्यक्षमतामा भर पर्ने कुरा हो । निकट भविष्यमा काम कस्तो हुन्छ । परिणाम आउदा दिनमा जनताले देख्न पाउने छन् । परिणाम नआउदासम्म नीति तथा कार्यक्रमलाई नै विश्वास गर्ने आधार बजेट सार्वजानिक भएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend