logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रिय सुसेली मञ्च नेपालको सत्ताईसौं कार्यक्रम सम्पन्न


  • जन आकाश
  • सोमबार, असार २० २०७९

 



काठमाडौ । राष्ट्रिय सुसेली मञ्च नेपालले हरेक महिनाको तेस्रो शनिबार आफ्नो मासिक कार्यक्रम संचालन गर्दै आएकोमा यही असार १८ गते सत्ताईसौं कार्यक्रम स्थलगत रूपमा एभरेस्ट कलेज थापाथलीमा सम्पन्न गरेको छ । सुसेली महिला मञ्चको आयोजनामा भएको त्यस कार्यक्रममा महिला मञ्चकि संयोजक पुनम घिमिरेका तीन कृति माथि बिमर्श लगायत सुसेली गायन तथा रचना वाचन गरिएको थियो । १०० भन्दा बढीको सहभागिता रहेको त्यो कार्यक्रममा ३५ जना कवि साहित्यकारहरूले सुसेली गायन तथा रचना वाचन गरेका थिए ।

सुसेली मञ्चका अध्यक्ष दुर्गा अधिकारी भमरकोटेको सभापतित्व र मञ्चकि उपाध्यक्ष सुशीला ढकाल अधिकारीको कुशल उद्घोषणमा संचालित कार्यक्रम डा. रेणुका शोलुको प्रमुख आतिथ्यता रहेको थियो । पुनम घिमिरेका तीन कृति अर्पण, बाल गीत संग्रह, आँखीझ्याल कविता संग्रह र अक्षरभरि पुनम गीति संग्रह माथि क्रमैसंग समीक्षा गर्नु हुनेहरूमा वेदज्ञाता तिलकप्रसाद लुइँटेल, डा.शैलेन्दुप्रकाश नेपाल र समिक्षक राजनप्रसाद न्यौपाने रहेका थिए । तीनैजनाले पुनमका कृतिहरूमा समीक्षा गर्दै सबैजसो सिर्जनाहरू उत्कृष्ट रहेको कुरा राखेर बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

सुसेली मञ्चका कोषाध्यक्ष कृष्ण केसीको स्वागत मन्तव्यबाट सुरु गरिएको त्यस कार्यक्रम सुसेली गायकहरूले असार विषयमा सुसेली गाउँदा पुरै सभाहल तालीको गडगडाहट र नाचले उल्लासमय बनेको थियो । कार्यक्रममा केही गजल, मुक्तक र कविताहरू समेत वाचन भएका थिए । कवि गीतकार पुनम घिमिरे र विमला ढकाल अधिकारीको जन्मदिन समेत परेको अवसरमा चकलेट र केकको रौनक छुट्टै थियो ।

कार्यक्रमका प्रमुख अतिथि डा.रेणुका शोलुले कवि गीतकार पुनम घिमिरेका कृतिहरू र जन्मदिनको शुभकामना दिदै पुनमले परिवारबाट पाएको सहयोगमा खुसी व्यक्त गरेकी थिइन । नारीहरूलाई पछाडि धकेल्न नारीहरूकै हात रहेको बताउदै अब नारीहरूले आफ्ना कमजोरीहरू पहिचान गरि त्यसको समाधान आफैंबाट सुरु गर्नुपर्ने कुरा उठाएकी थिइन। सुसेलीको कार्यक्रममा आउँदा अत्यन्तै खुसी लागेको र सुसेलीमा नाच्ने र गाउने अवसरको लागि सुसेली मञ्चलाई धन्यवाद दिँदै आफूले तत्काल रचना गरेका केही सुसेलीहरू लोक लयमा गाएर सुनाएकी थिइन ।

बिहान ११.३० मा सुरु भएको कार्यक्रम दिउसो ३।०० बजे सभापति भमरकोटेले सबै सहभागी र सहयोगीलाई धन्यवाद दिँदै यही असार २४ गते चलचित्र विकास वोर्ड सरस्वती नगरमा सुसेली मञ्चको सहकार्यमा प्रदर्शन गरिने चलचित्र अटिजम सबैले हेरि दिन अनुरोध गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

कार्यक्रममा सुसेली गायन तथा रचना वाचन गर्ने कविहरू विमला ढकाल अधिकारी, सानू शर्मा, सुरेशचन्द्र घिमिरे, ओमप्रसाद कोइराला, उत्तम शर्मा, शान्ति शर्मा, मधुसूदन घिमिरे, विमला अधिकारी देवकोटा, वासुदेव गुरागाँइ, जानुका थापा रायमाझी, उत्तम विचार भेटुवाल, माधवप्रसाद उपाध्याय माधवानन्द, कवि काफ्ले, गणेशबाबु अधिकारी, आँचल शर्मा, पवनकुमार बुढाथोकी, सीता घिमिरे, धरणीधर गुरागाँइ, राधिका पुरी सानु, कृष्णप्रसाद पौडेल लगायत रहेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend