logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

खाडादेवी गाउँपालिकाद्धारा उत्कृष्ट बिद्यालयलाई पुरुस्कार


  • जन आकाश
  • बुधबार, असार २२ २०७९

रामेछाप । रामेछाप जिल्लाको खाडादेवी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मितिः २०७९ असार २१ गते पालिकास्तरका माविका उत्कृष्ट छात्राछात्रहरुलाई पुरुस्कार तथा सम्मान पत्रले सम्मान गरेको छ । माकादुमस्थित गाउँपालिकाकै भवन गाउँपालिका अध्यक्षको प्रमुख अतिथिमा,प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछानेको सभपतित्वमा गाउँपालिकाकी उपाध्यक्ष राधा धिसिङको विशेष अतिथि र पालिकाका वडा अध्यक्षहरुको अथिथिमा कार्यक्रम शुरु भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षा शाखाका मीन बहादुर थापाले गरेका थिए ।



कार्यक्रममा पालिकास्तरमा प्रतिस्पर्धामा भाग लिएर प्रथम, द्धतिय, तृतिय भएका बिद्यालयका छात्राछात्रहरुई पालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ, उपाध्क्ष राधा घिसिङ र प्रमुख प्रशासकीय अधिकृत नारायण लामिछानेले पालैपालो नगद तथा सम्मान पत्रले सम्मानित गरिएको थियो । उक्त कार्यक्रममा पुरुस्कार प्रप्त गर्ने स्कुलहरु मात्र सहभागी थिए ।

गाउँपालिकाका शिक्षा शाखाका मीन बहादुर थापाका अनुसार खेलकदु, युवा तथा शिक्षाको संयुक्त रहेको कार्यक्रममा उत्कृष्ट खेलाडी, बिभिन्न विद्यामा प्रतिस्पर्धा गरेर उत्कृष्ट भएका बिद्यार्थीहरुलाई नगद तथा पुरुस्कार वितरण गरिएको थियो ।

धेरै जति बिद्याहरुमा खाडादेवी गाउँपालिका वाडन १ राकाथुमको बर्चश्व रहेको देखिन्थ्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend