logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

असारको अन्तिम हुन लाग्दापनी रोपाइमा ब्यस्त काभ्रेका किसानहरु


  • जन आकाश
  • बिहिबार, असार २३ २०७९

 



काभ्रे । असारको पहिलो हप्ता  वा दोस्रो हप्तामा नै मुख्य वाली धानको रोपाइ गरिसक्नुपर्ने काभ्रे जिल्लाका तल्लो तटिय क्षेत्रका किसानहरुले असारको अन्तिम हप्ता लागिसक्ता पनि रोपाइ सकेका छैनन् ।

यो बर्ष  समयमा नै बर्षा भएपनी रोपाइ गर्दा खेतमा हाल्ने रासायनिक मल समयमा नआएको हुनाले समयमा रोपाइ हुन नसकेको काभ्रेका किसानहरुको भनाइ छ।

कतिपय किसानले त अझै रासायनिक मल नपाएको कारणले रोपाइ नगर्ने सोचमा रहेको बताएका छन् ।

स्मरण रहोस कृषिप्रधान देश नेपालमा प्रत्येक बर्ष किसानहरुले समयमा मल, बीउ, बिजन नपाएको कारण नेपालले उत्पादन बढाउन राखेको लक्ष्य भेटाउन सकेको छैन। त्यसैगरी खाद्यान्न आयात पनि उत्तिकै बढेको छ।

कृषिप्रधान देशका हामी नेपालीलाई अन्तर्राष्ट्रियस्तरमा नै कुरिकुरी भनिरहेका छन् । यो अवस्था ल्याउन भुमिका निर्वाह गर्ने पार्टीहरुलाइ इतिहासले माफी नगर्ला कि!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend