logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बुढीगंगा नगरपालिकामा मतगणना सुरू


  • जन आकाश
  • शुक्रबार, असार २४ २०७९

 



कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाको नेतृत्वका लागि २०७९ असार २३ गते भएको मतदानको गणना सुरू भएको छ । बिहान सर्वदलीय बैठकपश्चात वडा नम्बर ५ मा रहेको भानोदय माविमा मतगणना थालिएको हो ।

बुढीगंगाबाहेक मुलुकका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन आयोगले पुन निर्वाचनको मिति तोकेको थियो ।

मितिः २०७९ असार २३ गते सम्पन्न निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको थियो । यहाँ एमालेबाट प्रमुखमा रामबहादुर बानिया र गठबन्धनबाट रंग खाती चुनावी मैदानमा छन् । उपप्रमुखमा एमालेबाट मनाकुमारी खड्का र गठबन्धनबाट रिता शाही उम्मेदवार बनेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend