logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

बुढीगंगामा एमालेको अग्रता कायमै


  • जन आकाश
  • शनिबार, असार २५ २०७९

 



कैलाली । बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना जारी छ। पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ दोब्बर मतले अगाडि छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म एमालेका बानियाँले २ हजार ९२५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रङ्गबहादुर खातीले १ हजार ५६९मत पाएका छन् ।

यस्तै उपमेयरमा एमालेकी मायाकुमारी खड्का कुँवरले २ हजार ८६६ मत पाएकी छन् । उनकी प्रतिस्पर्धी कांग्रेसकी रिता शाहीले १ हजार ६२३ हजार मत ल्याएकी छन् । यो अग्रता कायमै रहने हो भने (एमाले)को शानदार जित हुनेछ ।

अहिलेसम्म ४ हजार ७६३ मत गणना भएको बताइएको छ। अहिलेसम्म मत गणना सकिएका चार वटा वडा एमालेले जितेको छ।

अहिले वडा नम्बर ८ र ३ को गणना जारी छ। बुढीगंगामा कूल ९ हजार १२८ मत खसेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend