logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मक्कै पोल्नेको पीडा र कृषिप्रधान देशमा धिनलाग्दो व्यवहार नहोस्


  • जन आकाश
  • मंगलबार, असार २८ २०७९

काठमाडौ महानगरपालिकाले केही दिन अगाडी सडकमा गाडामा मक्कै बेच्ने एक बृद्धा जोडीलाइ लछार पछार पार्दै नगर प्रहरीले गाडीमा हालेको दृष्यले धेरै नेपालीहरुको मनमा अनौठो खालको भावना उत्पन्न भएको छ ।



शहरमा मानिसहरु किन आउछन् ? शहरमा मानिसको बसोबास किन बढीरहेको छ ? भौगोलिक विकटतामा बाचिरहेका मानिसको जीवनमा भोग्नु परेका दुखः पीडा के कस्ता छन् ? ती ठाउँहरुमो सम्भावनाहरु के के छन् ? यस्ता विषयहरुले कहिल्यै प्रथामिकता पाएनन् ।

राज्यको नीति निर्माण गर्ने ठाउँहरुमा पुगेकाहरुले नीति बनाएनन् र विकटतामा बाचेका नेपाली नागरिकहरुले खेतीपातिवाट मनग्य आम्दानी गरिरहेको भएपनि दुख, विराम हुदा उपचार गर्न अस्पताल नजिक नहुदा समयमा एम्बुलेन्स, औषधी नपाउदा अकालमा मृत्यु व्यहोर्नु परेका घटनाहरु धेरै छन् ।

यस्ता समस्याहरुसँग पैठेजोरी खेलेर पनि कहिल्यै नथाकेका पाहाडी क्षेत्रका मानिसहरु उमेर ढल्किन लागेपछि बढेका छोराछोरी विदेशतिर कमाइ गर्न लाग्ने र बाकी रहेका बुहारी नाता नातिनी काठमाडौमा छोराछोरी पढाउने बहानामा आउने भएपछि आफ्ना सन्तानको मायाले डो¥याउदै काठमाडौ आई बस्न थालेका छन् ।

काठमाडौ शहरको दिनानु दिन बढ्दै गएको महगी, र आम्दानी नबढ्दा प्रत्येक मानिसले काम नगरेसम्म काठमाडौ उपत्यकामा बाच्न धौ धौ हुने गरेको छ ।

त्यस्तै सिन्धुपाल्चोकवाट काठमाडौ आयर बसोबास गरिरहेका र जेनतेन मक्कै किनेर ल्याउने र बेचेर नाफा भएको रकमले बच्चा बच्चीलाई लालन पालन र पढाइ खर्च धानिरहेका सिन्धुपाल्चोके एक दम्पतीको गाडालाईं काठमाडौ महानगरपालिकाको नगर प्रहरीले उठाएर लगेको र लछार पछार पारेको दृष्यले कृषिप्रधान देशलाई गिज्याईरहेको छ ।

यो समस्यो किन आयो माथिनै उल्लेख गरिसकिएको छ । भौगोलिक विकटतामा बाचेका छरिएर रहेका गाउँ बस्तीहरुमा बसोबासको व्यवस्थापन नहुनु, त्यहा पुर्वधारको राम्रो व्यवस्थापन नगर्नु, उपत्यका भित्र आएका मानिसहरुको पनि लगत नराख्नु र कति आम्दानी गर्ने मानिसहरु कसरी बसेका छन् । शहरी बेरोजगारको उचित व्यवस्थापन नहुनु जस्ता समस्याहरुलाई पहिचान नगरीकन बनाइने नीतिहरुले यस्ता हजारौ सिन्धुपाल्चोके फुटपाथमा व्यापार गरेर जीवन जिउनेहरुको समस्या कहिल्यै सावधान हुने देखिदैन ।

महानगरपालिकाले यस्ता व्यापारिक क्षेत्रहरु छुट्याएर काम गर्न अवसर खोजिरहेका मानिसहरुलाई अवसरको सिर्जना गर्न सक्नुपर्छ ।

महानगरपालिका आफै महानगरपालिका भएको होइन । बाहिरी जिल्लाहरुवाट सवैतिरवाट मानिसहरु आएर बसोबास गरेका कारण मात्र महानगर भएको हो । तिनै नागरिकहरुले गरेका गतिविधिले नै महानगरपालिकाको कर बृदी देखि हरेक क्षेत्रको मुल्य बढेको हो ।

त्यसैले महानगरले यतिधेरै मानिसहरुको व्यवस्थापन गर्न सक्दैन भने त्यही अनुसार नीति बनाउनुपर्छ । खाली बिदेशजान काठमाडौ उपत्यकामा थुप्रीने र बिदेश गएका मानिसका परिवार काठमाडौ महानगरमा बसोबास गर्ने, तिनैले विदेशमा कमायर ल्यायको पैशाले सरकारले राज्य चलाउने तर तिनै नागरिकहरुलाई अपमानपुर्वक व्यवहार काठमाडौ महानगरपालिकाले गर्ने जस्ता कामले धिनलाग्दो दृष्य देखाएको छ ।

काठमाडौ महानगरपालिकाले काठमाडौमा बढ्दै गएको घरभाडा बृदी, बजार भाउको महगी नियन्त्रणमा कुनै काम गर्न सकेको छैन । तर गरिवीको रेखामुनि रहेकाहरुको धरपकडले गरिवहरु नेपालमा बाच्न पनि पाउदैनन् की भन्ने भान बढेर गएको छ । यस्तो कार्य नहोस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend