logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

आर्थिक संकटको हल्लाको वास्तविकता के हो ?


  • जन आकाश
  • मंगलबार, असार २८ २०७९

मोहन कार्की ।
काठमाडौ । नेपालमा यतिवेला श्रीलंकाको उदारण दिएर राष्ट्र बैककै गभर्नर, ठुला राजनीतिक पार्टीका नेता देखि सामान्य नागरिक सवैले आर्थिक संकट बढ्दै गएको देश टाट पल्टिन लागेको बताउने गरेका छन् । यसको भ्रम र वास्ताविकता के हो ? एकिन भएको छैन ।



राष्ट्र बैंकका गभर्नरले असार ८ गते देशको एक सार्वजानिक कार्यक्रममा बोल्दै आयात गर्दा बाहिरिने मुद्रा बराबरको मुद्राको व्यवस्थापन नगर्ने हो भने देश श्रीलंकाको अवस्थामा पुग्ने बताएका थिए । त्यस्तै पछिल्लो समय एकीकृत माओवादीका केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि सोही कुरा सार्वजानिक गरेका छन् । सतहमा जानेर या नजानेर नेपाल आर्थिक संकटमा फस्दैछ भनि हल्ला गर्नेहरुको तती बढेको देखिन्छ ।

तर एकथरी आर्थिक बिश्लेषकहरुको भनाईलाई आधार मान्ने हो भने नेपालको त्यस्तो अवस्था नआउने तर राजनीतिक पार्टीहरुले आउदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि निर्वाचनको मुखैमा रकम झिक्दा मौद्रिक अपचलन वा देखिने डरले नेपाली मुद्रा लुकायर राखेको हुनसक्ने त्यसैको कारणले मुद्रा सञ्चितीमा कमी भएको विज्ञहरुले औल्याएका छन् । वास्ताविकता यहि हो भन्न सक्ने अवस्था छैन ।

अर्का नविल बैकका सिइओको भनाईलाई आधार मान्ने हो भने त उनले “नेपालमा पैशाको कमी होइन मुद्रा सञ्चिती कमी भएको हल्ला फिजायर ब्याजको स्प्रेडदर बढाउन यहाँका पैशा धेरै भएकाहरुले (मनी) रनिङ गरेर नै (मनि) कमाइरहेकाहरुले केही समयको लागि (मनि) होल्ड गरेको” भन्ने गरेका छन् । उनले सोमवार वेलुका नविल बैक र नेपाल बङगलादेश बैंक मर्ज कार्यक्रममा विज्ञहरुसँग कुराकानी गर्दै यस्तो बताइरहेका थिए । उनले बिदेशमा रहेका वा नेपालमै रहेका पैशावालाहरुले मलाइ फोन गरिरहेको तर ब्याजदर बढाउदा सामान्य नागरिकहरु, उधोगीहरु सवै क्षेत्रमा असर पुग्ने बताइरहेका थिए ।

यी माथिका केही राजनीतिक पार्टीका नेता र गभर्नरको भनाईलाई आधार मान्दा राष्ट्रिय–अन्तराष्ट्रिय प्रभाव देखिनु र सजग हुनु स्वभाविक देखिन्छ । तर उनिहरुको भनाईले समाजलाई निरासा पार्न सक्छ । आत्मवल कमजोर भएकाहरुले कहिल्यै प्रगति गर्दैनन् । समस्यासँग लड्न सक्ने तागत भएकाहरुले मात्र सफलता हाशिल गर्न सक्छन् भन्ने एक नोपली दार्शनिकको भनाईलाइ आधार मान्ने हो भने नेपालमा त्यस्तो अवस्था आउदैन । नेपालीहरुले विदेशवाट आयात गर्ने विलासिताका सामान मात्र कटौती गर्दा चुलिएको महगीको आर्थिक मुद्रामा देखिएको समस्या सावधान हुन्छ ।

अर्कोतर्फ नविल बैकका सिइओसमेत रहेका अनिल केशरी शाहको भनाईलाई बिश्लेषणनात्मक ढंगवाट लिने हो भने नेपालमा होल्ड भएर बसेका मनिहरुलाई निश्ति समयपछि ति (मनी)हरु काम नलाग्ने अवस्थामा पु¥याउन सक्ने एउटा नीति अवलम्बन गर्दा आर्थिक संकट चलायनमानमा देखिएको समस्या हट्न सक्ने अनुमान लगाउन सकिन्छ । यो हल्लाको पछाडी लागेर बढी व्याज आउने सोच बोकेर होल्ड भइराखेको नेपालीहरुको रकमलाई राष्ट्रप्रति आएको समस्यालाई सावधान गर्न राष्ट्रले ती पैशावाल जनतालाई आवाह्न गर्न सक्नुपर्छ र यस्तो समस्या आउदा सहयोग गर्ने जनतालाई राष्ट्रले सम्मान गर्ने कार्यक्रम ल्याउन सक्नुपर्छ ।

बिभिन्न खुफियाहरु नेपालमा
केही न केही बहनामा चलबलाउने एक खालका माफियाहरुले परिचालन गरेका मानिसहरुले गर्ने हल्ला, राजनीतिक दाउपेच र कहिलेकाही हुने वास्तविक घटनाको यथार्थ नागरिकले पाउने गरेका हुदैनन् ।

त्यस्तो हुन नसक्नुका कारणहरु नेपालको माया गर्ने ठुला स्केलका सञ्चारमाध्यमहरु नै देशमा कमी छन् । परनिभर्रताको मानसिकता बढेको आत्मनिभर्रतामुखी कार्यक्रमहरु बन्दै नबनेका बनेका क्षेत्रमा एनजिओ आइएनजिओ नामका योजनाहरुले परनिर्भरमुखी बनाउन भुमिका खेलेका कारण नेपालको आत्मनिर्भरता कमजोर बन्दै गएको यथार्थ हो । यस्ता कमजोरी नेपालीहरुवाट नै भएको हुनाले कमजोरी सुधार्ने काम पनि हामीहरुको नै हो ।

श्रीलंकाको उदारण लियर उपद्रो मच्चाउनु हुदैन
देश विकास गर्न अमन चयन शान्ति स्थापना हुनुपर्दोरहेछ , आत्मनिर्भरताको लागि काम गर्ने वातावरण हुनुपर्दाेरहेछ ,विकास गरिरहेका राष्ट्रहरुको उदारणले त्यही देखाउछ । हामी नेपालीहरुले श्रीलंकामा भएको आको्रसको भीडलाई याहा त्यसै गर्नुपर्छ भनेर लाग्नु हुदैन । सकरात्मक ढंगवाट पनि उपाय खोज्न सक्छौ ।

नेपालमा भएका सवै क्षेत्रका कमजोरीहरु हटाउन थाल्नुपर्छ र त्यस्तो समस्या आउन नदिइ देश राणाकालीन अवस्थामा आत्मनिर्भर नै थियो त्यस्तो अवस्थाको वातावरण सृर्जना गरेर काम गर्नुपर्छ ताकी देशलाई त्यस्तै राणाकालीन युगमा फर्काउने होइन कि आधुनिक युगको विकासमा सामुहिक वा एक्कल ठुला स्केलका उधोग, व्यपार, व्यवसायहरुलाई प्रथामिकता दिन सक्नुपर्छ । त्यसले सामाजिक न्यायमा आधारित समाजको निर्माण गर्न सक्छ । अधिक उत्पादन नभई समान वितरण सम्भव छैन । अधिक उत्पादनको नीतिलाई दिर्धकालीनमा राखेर तत्कालीनमा व्यवस्थापन गर्नसक्ने क्षमता भएको नेतृत्व नेपालले खोजेको छ ।

अराजक भीड जम्मा गरेर, क्रान्तिका नाममा युवा बरालेर, झुटको खेती गर्ने राजनीतिक पार्टीको कुन्सित योजना नेपालको हितमा हुदैन । बिगतमा भएका क्रान्तिले देशलाई यस्तो अवस्थामा पु¥याएको छ । त्यसकारण नेपालले यतिवेला गर्नुपर्ने काम सही सोच र विकासको लागि पत्यारिलो आधार सहित योजना लियर आएका देशका योजनाकारहरुलाई प्रतिस्पर्धा गराने र उत्कृष्ट योजना कार्यन्वयन गर्नसक्ने क्षमता भएको नेतृत्वलाई देश हाक्ने जिम्मा दिने काम गर्नुपर्छ ।

त्यो शान्तिपुर्ण जनमतद्धारा, यो काम गरिसकेपछि नेपाली जनतमा वेला वेलामा पर्ने भ्रम, हल्ला, कार्टेलिङ जस्ता कामहरु हुन पाउदैनन् । यस्ता समान्य सकरात्मक तरिकावाट पनि निकास खोज्न सक्छौ । त्यस्तो भिजन भएको व्यक्तिले देशको देशको नेतृत्व गर्ने आट गर्नुपर्छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend