logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

न्याय माग्न पुगेका स्वास्थ्यकर्मी माथि प्रहरीको ज्यादती


  • जन आकाश
  • शुक्रबार, असार ३१ २०७९

 



कैलाली । दार्चुलामा पारिवारिक विषयको उजुरी लिएर न्यायका लागि पुगेका एक स्वास्थ्यकर्मी प्रहरीबाट कुटिएका छन् ।

बैतडी दोगडाकेदार गाउँपालिकाका चक्र कार्की मंगलबार गोकुलेश्वर प्रहरी चौकीमा कुटपिटमा परेका हुन् । कार्की दार्चुलाको शैल्यशिखर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हुन् ।

गोकुलेश्वरस्थित प्रहरी चौकीका इन्चार्ज इन्सपेक्टर सुरजबहादुर सिंहले आफूलाई दुई झापड हानेको त्यसपछि अरु प्रहरीसहित पाइपले तिघ्रा र पैतालामा नीलडाम हुने गरी कुटेको कार्कीले बताएका छन् ।

बोगटीले घाउ केस फारम भरी पाऊँ भन्दै गोकुलेश्वर प्रहरी चौकीमा बुझाएको पत्रमा पनि उनले त्यो उल्लेख गरेका छन् ।

प्रहरीको कुटाइबाट कार्की घाइते भएपछि आक्रोशित स्थानीयले चौकीसमेत घेराउ गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी मोहन आचार्यले घटनालाई गम्भीर रूपमा लिएको भन्दै छानबिनका लागि प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय दार्चुलालाई निर्देशन दिइसकेको बताए ।

‘हामीले घटनाबारे छानबिन गर्न समिति गठन गर्न भनेका छौँ’ उनले नेपाल प्रेससँग कुराकानीको क्रममा भनेको उल्लेख छ । उनले ‘दोषी देखिएकाहरू कारबाहीमा पर्छन् ।’

प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय दार्चुलामा प्रहरी निरीक्षकको नेतृत्वमा छानबिन समिति समेत गठन भइसकेको छ । उक्त समितिको प्रतिवेदनका आधारमा आफ्नै कार्यालयमा सर्वसाधारण कुटपिट गर्ने प्रहरीमाथि कारबाही हुनेछ ।
समाचारको स्रोत नेपाल प्रेस डट कमवाट लिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend