जन आकाश
काठमाडौं । नमस्ते पेले आफ्ना ग्राहकहरुका लागि आन्तरिक उडान टिकट सेवा सुरु गरेको छ ।
यो सेवा अब Android माउपलब्ध छ र चाँडै IOS मा पनि लन्च गर्ने नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेट मार्फत किफायती दरमा आन्तरिक गन्तव्यहरूको लागि उडान टिकटहरू (एकतर्फी र राउन्ड ट्रिप) किन्न सक्नेछन् । नमस्ते पे प्रयोगकर्ताहरूले भरपर्दो र सुरक्षित बुकिंग पार्टनरबाट एयरलाइन्सटिकट बुक गर्न सक्षम हुनेछन्।
साथै, नमस्ते पेले उडान गर्नेहरूका लागिआकर्षक अफर ल्याएको छ, जहाँ उडान टिकट खरिद गर्ने पहिलो पाँच ग्राहकहरूले आफ्नो वालेटमा रु 300 को फ्ल्याट क्यास ब्याक पाउनेछन्। बाँकीले उडान टिकट खरिद गर्दा रु 150 को फ्ल्याट क्यासब्याक पाउनेछन् र भाग्यशाली एक प्रयोगकर्ताले पोखराको दुईतर्फी उडान टिकट पाउनेछन् भनि उल्लेख गरेको छ ।
नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको उल्लेख गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend