logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नेपालको राजनीतिमा शक्ति राष्ट्रहरुको चलखेल तिव्र


  • जन आकाश
  • मंगलबार, साउन ३ २०७९

मोहन कार्की ।
समसामयिक टिप्पणी
काठमाडौ । नेपालको राजनीतिमा शक्ति राष्ट्रहरुको दवाव प्रभाव र चलखेल तिव्र बढिरहेको छ । नेपालमा एमसिसि परियोजना सदनवाट पास गर्नु केही समय अगाडी एमसिसि परियोजनाकी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमण एमसिसि पास भइसकेपछि अमेरिकी सेनाको प्यासिफिक कमान्डिङ जेनरल चाल्र्स ए फ्लिन को नेपाल भ्रमणमा आएका थिए । एमसिसिको बिषयलाई लियर चीनको बिदेश बिभागले त्यतिनै वेला नेपालको स्वतन्त्र सर्वभौममाथि शक्ति अमेरिकाले दवाव नदिन प्रेस बिज्ञप्तिनै जारी गरेको थियो । नेपालको सदनमा एमसिसि पास भइसकेपछि चीन र अमेरिकाले दुवै शक्ति राष्ट्रले नेपाललाई प्रथामिकतामा राखेर शक्ति सञ्चय गरिरहेका छन् । तर यि दुई शक्ति राष्ट्रले नेपालको हितमा नै काम गरेका भने होइनन् । उनिहरुको आफ्नो अन्तराष्ट्रिय स्वार्थ प्राप्ति गर्नको लागि नेपाललाई रोजेका छन् ।
ति योजनाहरुमा काम गर्ने नेपालमा दुई खालका धार देखिएका छन् । पश्चिमी शक्ति अर्थात अमेरिकी शक्तिको पक्षमा काम गर्ने एकखालका राजनीति पार्टी र अर्को उत्तरी शक्ति चिनियाँ शक्तिको पक्षमा काम गर्ने राजनीतिक पार्टीहरु बीचमा शक्ति संञ्चय गर्ने होड चलेको प्रष्टै देखिन्छ । तर समग्र बहुसंख्या जनता यस्ता विदेशी होडबाजीको विवादमा देश नमुच्छिओस भन्ने चाहना राख्छन् । तर नेपाली बहुसंख्या जनताको भावनाभन्दा देशको परराष्ट्र नीति बाहिर जान खोजिरहेको देखिन्छ ।



नेपालले अमेरिकासँग अमेरिकाको योजना अनुसारका काम गर्न हस्तक्षर गरिसकेको छ । त्यसैगरी चीनसँग पनि चीनका योजनाहरुसँग काम गर्ने नेपालले केही योजनाहरुमा हस्तक्षर गरिसकेको छ । यस्तो स्थितिमा नेपालले आफ्नो राष्ट्रिय हितलाई प्रथामिकतामा राखेर कुटनीतिक कामहरु गर्नुप¥थ्यो तर त्यस्तो परिपक्क कामहरु भएको देखिदैन ।

त्यसकारण नेपालको राष्ट्रिय सुरक्षा तथा संपु्रभौत्तामा अफ्ठ्यारो हुन सक्छ । किनकी यी विश्वका शक्तिशाली राष्ट्रहरु चीन र अमेरिका दुवैले चाहेर गर्ने काममा कसैको केही लाग्दैन । संयुक्त राष्ट्रसंग देखाउनको लागि मात्र हो । त्यस्तो अवस्था आउन नदिन चीन र अमेरिकाको शक्ति आपने सामने हुने वातावरण बन्न दिनु हुदैन । नेपालले गर्नसक्ने यतिवेलाको प्रमुख काम यो नै हो त्यो भनेको कुटनैतिक पहल हो योवाहेक अरु कुनै उपाय नै छैन ।

त्यसकारण अमेरिकाले ल्याएको योजनाहरु नेपाल र नेपाली जनताको हितमा नै भनेको छ । त्यसलाई त्यही ढंङगावाट नेपालले सञ्चालन गर्न दिने, चीनले पनि नेपलको हितमा छिमेकी मुलुको समृद्धी परस्पर सम्बन्ध भनेर नै आफ्ना योजनाहरु जस्तै सिल्क रोडको योजना अगाडी ल्याएको छ नेपालले उसको योजनालाई पनि लिखित भए अनुसारनै काम गर्न दिने । यि दुवैलाइ उनिहरुले गर्न खोजेको भौतिक संरचनाको काम मानवीय हितमा हुने काम नेपालले गर्न दिने तर कुनै मानवीय हित र सम्झौत वाहेकका कुनै गतिविधि छिसिक्क पनि भएको खण्डमा तुरुन्तै कुटनैतिक पहल गरेर नेपाली उच्च कुटनीतिको सफल उदारण दिनसक्ने क्षमताको विकास तत्काल गर्नुपर्ने देखिन्छ ।

यस्तो विकास गर्न सकियन भने नेपालमा शक्ति राष्ट्र चीन र अमेरिकाको चलखेलमा नेपाल नराम्रोसँग फस्न सक्छ । त्यस्तै संकेतहरु देशमा देखापर्न थालेका छन् । यि विषयहरुलाई ध्यान दियर नेपालका आम बुद्धिजीविहरु जागरुक हुनुपर्ने देखिन्छ । राष्ट्रलाई ठुला ठुला संकट आउदा देशका सचेत नागरिकको महत्व भुमिका हुनुपर्छ नेपालमा अहिले यस्तो अवस्था आएको छ ।

समग्रमा वाद, पार्टी, दर्शन, सिद्धान्त भन्दा माथि उठेर नेपालीत्व राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वतन्त्रता प्रमुख बनाउनुपर्छ । योभन्दा विकल्प नेपालीहरुका लागि अरु हुन सक्दैन । देशका सचेत नागरिक, बुघिजीविले दिएको सल्लाह बनाएको योजना देशले लागु गरेर नेपालको स्वन्त्रतामा आउन लागेको काहालीलाग्दो संकट टार्नुपर्छ । शक्ति राष्ट्रहरुको चलखेल रोक्ने यो नै अचुक उपाय हुनसक्छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend