logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

प्राइम लाइफबाट मनोज भट्टराईको बिदाइ


  • जन आकाश
  • मंगलबार, साउन ३ २०७९

काठमाडौ । आठ वर्षसम्म प्राइम लाइफ इन्स्योरेन्स कम्पनी व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराईले अवकाश लिएका छन् । दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने नियमअनुसार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्व छाड्नु परेको हो । भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो ।



कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) चिरायु भण्डारीले पनि बिदा लिएका छन् । भण्डारीको दुई वर्षे करार अवधि सकिएकाले बिदा भएका हुन् ।

कम्पनीका कर्मचारीले सोमबार एक कार्यक्रम गरी दुवैजनालाई बिदाइ गरेका छन् । अत्यन्तै भावुक बिदाइ समारोहमा कतिपय कर्मचारीले आँसुसमेत झारेका थिए । अभिभावकले जस्तै माया, हौसला र प्रेरणा दिने भट्टराईको स्वभावका कारण उनलाई बिदा गर्नुपर्दा ज्यादै नरमाइलो लागेको कर्मचारीहरुको भनाइ थियो ।

भट्टराईलाई कर्मचारीहरु कुशल रणनीतिकार, प्रेरणादायी व्यक्तित्व तथा प्रभावशाली संगठक मान्छन् । उनको नेतृत्वमा कम्पनीले सफलताको नयाँ उचाइ छोएको उनीहरुको भनाइ छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend