logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

काठमाडौ उपत्यकाको लागि एउटा टिप्स


  • जन आकाश
  • बुधबार, साउन ४ २०७९

मोहन कार्की ।
काठमाडौ उपत्यकामा बसोबास गर्ने मानिसहरुको लागि दिनानुदिन बढ्दै गएको महगी जीवन कष्टकर बन्दै गएको छ । यसलाई कम गर्न के उपाय लगाउन सकिन्छ यस्ता छन् टिप्स



क) काठमाडौ उपत्यकामा बस्नेका आफन्तहरु काठमाडौ नआई नहुने काम वाहेककालाई नबोलाउने

ख) अनाआवश्यक सामानहरु नकिन्ने

ग) कामवाहेक यातायातको साधन प्रयोग नगर्ने

घ) काठमाडौमा के के पाइन्छ भनेर गाउका आफन्तलाई प्रोत्साहित गर्ने काम नगर्ने आफ्नो वास्ताविकता जे हो त्यो बताउने

ङ) विलासिता अर्थात पेय पदार्थ, चक्लेट, चिजवल, चाउचाउ जस्ता पाकेजिङ खानेकुराहरु सकभर प्रयोग नगर्ने

च) भेट्योकी चिया खाइहाल्ने बानीमा सुधार गर्ने, दैनिक चिया नखादा महिनमा थोरै चिया खानेहरुले १५०० बचाउन सक्छन्

छ) अचेल बुढाबुढी भइसकेका देखि जन्मेर १ बर्ष पुग्नेवित्तिक्कै जन्मदिन मनाउने नाममा पजुल खर्च गर्ने र त्यो नाममा पैशा दि

ने चलन पनि अन्त्य गर्ने किनकी पैशा बढी भएकाले मनाउन तर सवैलाई पैशा दिनलाई बोलाएको जसरी जन्मदिन नमाउने ।

ज) अनाआवश्याक साथीभाईहरुकोमा नजाने, गएपनि कोठामा नै खानेकुराहरु बनाएर खाने, ख्वाउने ।

झ) फुर्सद हुनेहरुले विहान अनिवार्य दोडने, एक्सरसाइज गर्ने जसले रोग उत्पन्न हुन पाउदैन र महगो औषधीको बिल हेरेर चिन्ताउनु पर्दैन ।

ञ) जे कुृरा बजारमा अभाव छ । त्यो बस्तुको वास्ता नै नगर्ने । किनकी जुनसुकै चिजको महत्व ग्रहक हो ग्रहकले नै त्यस्ता महगी बढाउने बस्तुलाई वेवास्ता गर्दा त्यसको मुल्य केही दिनमै घटेर आउछ ।

ट) उपत्यकामा ठाउ बिशेष पायक नै चाहाइने छ भने मात्रै महगो कोठा भएको ठउमा अफिस राख्ने नभए मार्केटि गर्न सक्ने क्षमता भएकाले जहा सस्तो छ । त्यहा खोजेर अफिस राख्ने आजको युग इन्टरनेटको युग हो । यातायातको सुविधा हरेक प्रयोग गर्न सकिन्छ ।

ठ) देखासेखी गरेर छोराछोरीलाई महगा स्कुलमा नपढाउने किनकी छोराछोरीले किताव मढ्ने हुन, महगोसँग केही सरोकार राख्दैन ।

सकभर छोराछोरीलाई नजिकैको स्कुलमा भर्ना गर्ने जसले समयलाई बचत गराउछ ।

ड) काठमाडौ उपत्यका वा अन्य शहरमा नै किन नहोस शहरमा बस्ने १६ बर्ष माथिकाले अनिवार्य केही न केही काम गर्ने परिवारको एकजनाले काम गरेर परिवार पाल्न शहरमा मुस्किल हुन्छ । त्यसैले धेरै तलव खोजेर समय खेर नफाल्ने । एकजनाले परिवारमा ५० हजार कमाउछ भने ५ जनाको परिवार छ भने कहिलेकाही १ जनाको काम पनि जागिरवाट चट भयो भने सवैलाई आर्थिक समस्या पर्छ । त्यस्तो वेलामा ५ चै जनाले १०÷१० हजारको दरले रोजगार गरिराखेका छन् भने कोही एकजनाको रोजगार गुम्दा खासै फरक पर्दैन ।

ढ) घरका गृहणीहरुले वा गृहणहरुले आफ्नो हैशियत अनुसार मात्र खर्च गर्ने गर्नुपर्छ कमाउने छदैछनी भनेर वरिपरिकालाई हेरेर देखिसेखी गर्नुहुदैन । देखासेखी गर्दाखेरी भोलि रिनको भारी पर्न जान्छ र तिनैं समस्याले जीवनलाई झनै पिडादायी बनाउछ ।

ण) खानमा सकेसम्म मासुजन्य खानेकुराको प्रयोग कम गर्ने जसले स्वास्थ्यमा समस्या कम आउने देखि आर्थिक रुपमा पनि खर्च कम हुन्छ ।

त) काठमाडौ उपत्यकामा बैदेशिक रोजगारमा जानेहरुका आफन्त नै बढी रहेका छन् । बैदेशिक रोजगारमा गएकाहरुालाई फोन गरेर महगा मोवाइल, ल्यापटप, महगा सामानहरु ल्याउन दवाव नदिने बरु नेपालमा नै पाइने ठिकको मोवाइल याही किन्ने र ल्यापटप आवाश्यक भएका अर्थात एसइइ गरिसकेकाको लागि किनिदिने तर एसईई नगर्दै महगा ल्यापटम, आइफोन, टयाव जस्ता विलासिताका जो आवाश्यक भन्दा बाहिरका सामान डिमाण्ड गर्ने बालबालिकालाई सम्झाउने ठुलो भएपछि किनिदिन्छौ भनेर ।

थ) बिदेशमा गएकाहरुले पनि बषौसम्म बिदेशमा दुखः गरेको सम्झेर पैशा बचायर ल्याउन प¥यास गर्ने अनाआवश्यक खर्च नगरी बरु बिदेशवाट कमायर ल्याएको पैशाले नेपालमा नै कुनै काम गर्न थाल्ने सोचेर काम गर्ने ।

द) बैदेशिक रोजगारमा जान भनेर काठमाडौ आएर बषौ नबिताउने केही दिनको लागि पासपोर्ट अन्र्तवार्ता दिने र आफ्नै घरमा गएर काम गरिरहने कतिपय त बिदेश गएपछि आकाशवाट पैशा झरिहाल्छ भन्दै रिन गरेर ल्याएको पैशा खर्च गदै बसेका हुन्छन् ।

यसले काठमाडौका मानिसको चाप बढेको हो एउटा व्यक्ति व्यक्तिले गरेको यस्ता स–सना गल्तीले समग्र समाजलाई असर गरेको हुन्छ ।

ध) यि माथिका केही कुराहरु मात्र हामीले पालना ग¥यौ भने काठमाडौको महगाी विस्तारै घट्दै जान्छ । होइन देखासेखीमा स्वाङ पारिराख्ने हो भने महगीको आतेसले मानिस नै बाच्न नसक्ने काठमाडौ बन्न बेर छैन ।

त्यसैले सोच विचार गरेर मात्र काठमाडौको यात्रा गर्नुहोला साथीहरु

A view of Kathmandu Valley from Kirtipur, on Monday, August 29, 2016. The valley has witnessed excessive population boom over the past few years. Photo: THT

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend