जन आकाश
काठमाडौ । मनास्लु वल्र्ड कलेजले शैक्षिक सत्र २०७८को वार्षिक परिक्षामा सर्वोत्कृष्ट अकं ल्याई उत्तिर्ण भएका कक्षा ११ का विभिन्न संकायका विद्यार्थीहरुलाई विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
कार्यक्रममा कक्षा ११ व्यवस्थापन संकायका फारिन बानु सर्वोकृष्ट अकं ल्याएर कलेज टपर हुन सफल भएकि छिन त्यसैगरी यसै संकायका आकृति खापुङ लिम्बु द्धित्तिय र विज्ञान संकायका निकेश कपाली कलेज त्रित्तिय भएका थिए ।
उत्कृष्ट अकं ल्याएर कलेज टप गरेका विद्यार्थीहरुलाई यसै कलेजका अध्यक्ष गेन्द्र लामा तथा प्रिन्सिपल राजन श्रेष्ठले अवार्ड तथा ट्रफि वितरण गरेका छन् ।
कलेज टप गरेकी फारिन बानुले नगद पुरस्कार र सत प्रतिशत छात्रवृत्ति गरी जम्मा रु १ लाख बराबरको पुरस्कार पनि प्राप्त गरेकि छिन भने अन्य टपरर्स विद्यार्थीहरुलाई पनि कलेजले छात्रवृत्ति प्रदान गरेको छ ।
मनास्लु वल्र्ड कलेजले आफ्नो स्थापनाको तेस्रो वर्षमानै काठमाण्डौंमा एउटा छुट्टै पहिचान बनाउन सफल भएको छ । जसको नेतृत्व गेन्द्र लामाले गरिहरेका छन् ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend