logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

( आफ्नो गाउँ आफै बनाऊँ) मेरै पहलमा सुरु भएको होः नेपाल


  • जन आकाश
  • बिहिबार, साउन ५ २०७९

 



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो आफ्नो गाउँ आफैँ बनाऊँ अभियान आफ्नै पहलमा सुरु भएको बताएका छन् ।

पार्टीको केन्द्रीय स्कुल विभागले आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रममा उनले २०५१ सालमा सरकारले ल्याएको लोकप्रिय कार्यक्रम आफ्नै पहलमा आएको दाबी गरेका हुन् ।

‘स्थानीय तहलाई हाम्रो पार्टीले जति महत्व अरूले दिएनन् । आफ्नो गाउँ आफैँ बनाऊँ भन्दै नेपालको इतिहासमा कुन पार्टीले सुरु गर्‍यो ? स्थानीय तहका रकम छुट्टाएर पठाउने काम कुन पार्टीले सुरु गर्‍यो ? उनले भने, ‘हाम्रो त्यो बेलामा पार्टी नेकपा एमाले त्यसको अध्यक्ष मनमोहन अधिकारी हुनुहुन्थ्यो । म आफैँ महासचिव थिए ।’

२०५१ सालको सरकारले गरेको कामको स्मरण गर्दै नेपालले आफू उपप्रधान, परराष्ट्र र रक्षा मन्त्री हुँदा अर्थमन्त्रीलाई आग्रह गरेर सरकारले लोकप्रिय योजना ल्याएको दाबी गरे ।

‘मैले नै पहल गरेर भरतमोहन अधिकारीसहित बसेर आफ्नो गाउँ आफैँ बनाऊँ सुरु गरौँ प्रत्येक गाउँमा बजेट पठाउन भनेका हौँ’ उनले भने, ‘हाम्रै साथीहरूले यसको विरोध गर्नु भएको थियो ।’

अध्यक्ष नोपलले कांग्रेसले जितेको ठाउँमा बजेट नपठाउने दबाब आइरहेको भन्दै आफूले त्यसको विरोध गर्दै ३ लाख पठाएको स्मरण गरे । उनले उक्त कामले जनताको विश्वास जितेको बताए ।

शिक्षा सडक सिचाईँ, स्वास्थ्य, सीप विकास, साना तथा घरेलु उद्योग लगायत ‘९ स’ अभियान पनि आफ्नै पहलमा सुरु गरेको उनको दाबी गरेका थिए ।
उनले विगतमा भएका कामहरूको मूल्याङ्कन गर्दै आगामी दिनमा आफ्ना पार्टीका कार्यकर्ताहरूलाई यस्तै लोकप्रिय काम गर्न निर्देशन दिए ।

राम्रो काम सिकेर आफ्नो पालिकामा लागू गर्न उनले निर्देशन दिए । स्थानीय तहमा २०४९ साल र २०५४ सालमा पनि राम्रो काम भएको उनको भनाई थियो ।
नेपालले पहिलो पटक नेकपा एकीकृत समाजवादी स्थानीय तहको निर्वाचनमा होमिए पनि उत्साहपूर्ण उपलब्धी नभएको जिकिर गरे । उनले थोरै क्षेत्रमा उम्मेदवार उठाउँदा पनि मत कम भएको उनको ठहर थियो ।

‘चुनावमा हामीले पाएको सफल सानो होइन । ३५ हजारमध्ये २७.९२ प्रतिशतमा उम्मेदवारी दिएका थियौँ । त्यसमा पनि ९ लाख २७ हजार भोट पाएका थियौँ’ उनले भने, ‘सत प्रतिशत स्थानमा उम्मेदवारी उठाएको भए २५ लाख भन्दा धेरै भोट आउने थियो ।’

आगामी संसदीय निर्वाचनमा समानुपातिक तर्फबाट २० देखि २५ लाख मत पाउने र त्यसबाट २० देखि २५ सिट ल्याउने उनले बताएका थिए ।

‘५० लाख पुराउन सके सानदार भएन र ? उनले उत्साहित हुँदै कार्यकर्ताहरूलाई सोधे ।

स्थानीय तहमा उम्मेदवार भएको पार्टीको चिन्ह मात्रै राख्ने व्यवस्था भएको भए अझै राम्रो नतिजा आउने भन्दै उनले मत बदर हुँदा धेरै स्थानमा पराजित हुनु परेको दुःखेसो पोखे ।

‘मत पत्र बदर नभएको भए इटहरीमा मेयरमा पनि हामीले जित्ने थियौँ । तुलसीपुर र बुटवलमा पनि हामी जित्ने थियौँ’ उनले भने ।

पुरानो पार्टी भन्दा भिन्न हुनुपर्ने उनले जनप्रतिनिधिहरूलाई बताएका थिए । पार्टीलाई व्यक्तिवादी प्रवृत्तिबाट हटाउनु पर्ने । क्रान्तिकारी दृष्टिकोणले अगाडी बढ्नु पर्ने आवश्यकता रहेको बताउका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend