logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

काठमाडौ १ मा ढकाललाई उठाउने मालेको घोषणा


  • जन आकाश
  • शनिबार, साउन ७ २०७९

काठमाडौ । काठमाडौ क्षेत्र न. १ वाट नेकपा मालेले सुरेन्द्र ढकाललाई आउदो मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा उम्मेद्धारी उठाउने घोषणा गरेको छ । मिति २०७९ साउन ७ गते बानेश्वरमा मालेको काठमाडौ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उक्त घोषणा गरिएको थियो ।



पुष्पलालको ४४ औं स्मृति दिवश पारेर उम्मेद्धारी घोषणा गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेकपा मालेका महासचीव सिपी मैनली रहेका थिए भने अतिथिहरु स्थाई कमिटी सदस्यहरु कुमार वेलवासे, दिनानाथ घिमिरे, कृष्ण राना, जनक चालिसे पोल्टी व्यूरो सदस्यहरु, केन्द्रीय कमिटी सदस्यहरु, प्रदेश कमिटी सदस्यहरु, आम कार्यकर्ता, बिभिन्न क्लवका प्रतिनिधिहरु लगायतको उपस्थितिमा सुरेन्द् ढकालको उम्मेद्धारी घोषण भएको थियो । कार्यक्रमको अध्यक्षता काठमाडौ जिल्ला सचीव तथा पोलिट ब्यूरो सिद्धि महर्जनले गरेका थिए ।

बिभिन्न पार्टी परित्याग गरी नेकपा मालेमा सयौको संख्यामा प्रवेश
पुष्पलालको स्मृति दिवश पारेर नेकपा माले पार्टीमा बिभिन्न पार्टी परित्याग गरी सयौको संख्यामा सोही दिन पार्टी प्रवेश गरेका छन् । नेकपा मालेमा प्रवेश गर्ने व्यक्तित्वहरुलाई पार्टीका महासचीव सिपी मैनालीले अविर लगाएर पार्टी प्रवेश गराएका छन् ।
उनिहरुलाई पार्टी प्रवेश गरेकै दिनवाट काठमाडौ जिल्लाको बिभिन्न महत्वपुर्ण जिम्मेवारी दिने काठमाडौ जिल्लाका सचीव समेत रहेका महर्जनले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend