logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कांग्रेसलाई बहुमत दिलाउन हामीले किन गठबन्धन गर्नेः झलनाथ खनाल


  • जन आकाश
  • आइतबार, साउन ८ २०७९

 



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्मानजनक भूमिका नदिए आगामी निर्वाचनमा तालमेल हुन नसक्ने स्पष्ट पारेका छन् ।

नेकपा एकीकृत समाजवादी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले कुनै दललाई बहुमत प्राप्त हुने गरी तालमेल हुन नसक्ने बताएका हुन् ।

तालमेलका लागि सम्मानजनक भूमिका दिनुपर्ने उनको तर्क छ । कांग्रेसप्रति लक्षित गर्दै खनालले केही दलले बहुमत आउने गरी चुनावी तालमेलमा जाने निर्णय गरेको भन्दै कसैलाई बहुमत दिलाउन तालमेल नगर्ने स्पष्ट पारे ।

खनालले भने, ‘कोही हाम्रो बहुमत आउने गरीकन गठबन्धन गर्ने भन्दैछन् । के भनेको त्यो ? बहुमत एउटाको आउँछ भने किन गठबन्धन गर्न जान्छ कोही ? अरुलाई बहुमत दिनका लागि किन हामी गठबन्धनमा जाने ? केको लागि जाने ? दलाल बन्न ? पुच्छर बन्न ? जानु हुँदैन ।’

उनले स्थानीय तहमा जसलाई बोक्यो, उसैले आगामी निर्वाचनमा बहुमत ल्याए कम्युनिष्ट आन्दोलनको इतिहास समाप्त हुने तर्क गरे ।

खनालले अहिले बाम एकताको खाँचो रहेको औंल्याए । उनले आगामी निर्वाचनमा सम्भव भए बामपन्थी एकता गर्नुपर्ने र यसका लागि एमालेको नेतृत्व तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न रहेको जिकिर गरे ।

सबै पार्टीलाई सम्मानजनक ढंगले एकता गराउन एमालेले पहल लिए बामपन्थी एकता असम्भव नरहेको उनको भनाई छ ।
यता कुनैवेला नेकपा एमालेमा रहेका हाल मालेका महासचीव सिपी मैनालीले पनि पुष्पलालको ४४ औ स्मृति दिवसको अवसरमा बोल्दै बाम एकता आवश्यक रहेको बताएका थिए ।
चिनिया कम्युनिष्ट पार्टीका बिदेश बिभाग प्रमुखको नेपाल भ्रमणपछि नेपालका कम्युनिष्ट लेख्ने पार्टीहरुको बोलीहरु फेरिन थालेका छन् । कुनैवेला माले पार्टीको स्थाई कमिटी सदस्य रहेका माधव कुमार नेपाल, बामदेव गौतम, सिपी मैनाली, राधाकृष्ण मैनाली, झलनाथ खनाल, मदन भण्डारी,जीवराज आश्रित आज झलनाथ र माधव नेपाल एकीकृत समाजवादी पार्टीमा रहेका छन् ।

सिपी मैनाली माले २०५४ सालमा एमालेवाट अलग भएर मालेको महासचीव पदमा छन् ।
बामदेव गौतम नेपाल कम्युनिष्ट पार्टी एकता अभियाँनको संयोजक रहेका छन् । राधाकृष्ण मैनाली निस्क्रिय रहेका छन् ।

मदन भण्डारी र जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनमा दुर्घटनामा गराई ष¥यन्त्रपूर्वक हत्या गरिसकेका छन् । हत्याहारा अहिलेसम्म पत्ता लागेका छैन ।

मालेमा स्थाई कमिटी सदस्य भएका चारैतिर मुख फर्काएर पार्टी खोलेर बसेका छन् । त्यतिवेला मालेका स्थाइ कमिटीहरु २०४७ सालमा नेकपा माक्र्सवादी–लेलिनवादी र नेकपा माले एकीकरण गरेर बनेको एमालेको अध्यक्ष केपी शर्मा ओली छन् ।

बाम एकता किन हुन सक्दैन भन्ने प्रश्नको उत्तर माथि उल्लेख गरेका चारतिर मुख फर्काएर बसेका नेताहरुसँग नै यसको उत्तर छ । अरुले कामना गर्ने मात्र हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend