logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

बिष्णु गिरी सम्मानित


  • जन आकाश
  • सोमबार, साउन ९ २०७९

 



काठमाडौ । कानुन ब्यबसायी बिष्णु गिरी बिशेष नागरिक सम्मानबाट सम्मानीत भएका छन् । नागकिक क्रियशनको बार्षिक उत्सवको अवसर पारेर कानुन तथा न्यायको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै अधिवत्ता बिष्णु गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गको प्रमुख आतिथ्यमा सम्मान गरेका हुन् ।

खोटाङको सामान्य परिवारमा जन्मिएका अधिवत्ता बिष्णु गिरी मेहनत, इमानदारिता कारण नै कानुन ब्यबसायको क्षेत्रमा आफुलाई अब्बल साबित गदै अगाडि बढेका छन् । लामोे समय पत्रकारीता क्षेत्रमा क्रियाशिल भएर कानुन ब्यबसायमा आएका अधिवत्ता गिरीले अनलाईन दर्ता खारेजी, पत्रकारलाई खोप ब्यबस्थापन, नागरिकता अध्यादेश खारेजी जस्ता राष्ट्रिय मुद्धा जितेपछि चर्चामा छन् । अधिवत्ता गिरी पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहयोग गदै आएका छन् । बहुआयामिक अनुभव भएका अधिवत्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको बिबिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend