logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गुराँस लाईफ इन्स्योरेन्सले दियो बिमीतलाई २१ लाँख भुक्तानी


  • जन आकाश
  • सोमबार, साउन ९ २०७९

काठमाडौं । गुराँस लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड क्षेत्रीय कार्यालय पोखराले २१,लाख दुई हजार रुपैयाँको चेक रकम बिमीतलाई हस्तान्तरण गरेको छ ।



कम्पनिको क्षेत्रीयकार्यालय पोखरामा २०७८ साल भदौ ३० गते रु २० लाख बिमाङ्कको जीवन बिमा गरेका पर्वत जिल्लामा हाशिला गाउँपालिका वडा नम्बर १, स्थाई घर भई हाल पोखरा महानगरपालिका पोखरा १५ बस्ने राजु गुरुङ भन्ने यम प्रसाद गुरुङको उपचारका क्रममा असामयिक निधन भएको हुँदा उनकोे धर्मपत्नी मोतिमाया गुरुङलाई कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिलसिनाले सयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै क्षेत्रिय प्रमुख हरि शर्मा पौडेलले एक बत्तीले लाख बत्तीबाले जस्तै हरेक घरमा अभिकर्ताले जीबन बीमाको दियो बाल्नुपर्ने बताएका थिए । सो कार्यक्रममा बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्याम प्रसाद तिमिल्सेनाले जीबन बीमाले ब्यक्तिनै फिर्ता ल्याउन नसके पनि उसको आम्दानीलाई बचाइ राख्न जीबन बीमामा लगानी गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

उक्त कार्यक्रममा कम्पनीका बरिस्ठ मार्केटिङ अधिकृत प्रकाश रेग्मी, अन्डरराईटिङ्ग बिभागमा कार्यरत यमुना श्रेष्ठ, देबेन्द्र अधिकारी, त्यसैगरी सिनियर एजेन्सी मेनेजर कृष्ण बहादुर भट्टराई, सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, एजेन्सी मेनेजर बिनिता सुबेदी भण्डारी, एजेन्सी मेनेजर सुरेन्द्र मोहन अधिकारी, एजेन्सी मेनेजर गणेश कुमार श्रेष्ठ, साथै अभिकर्ता गौमती गुरुङ, अभिकर्ता शान्ता खाँण लगायतको उपस्थिति रहेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend