जन आकाश
मोहन कार्की ।
काठमाडौ । नेपालमा राजनीतिक पार्टीहरुले गर्दै आएको भाषण धेरै खालका सुनियकै छन् । तर व्यवहारमा भने भाषण गरेको जस्तो कुनैको पनि देखिएको छैन । नेपालमा राजनीतिक सिलसिलवार चर्चामा आएको २००७ साललाई मानिन्छ ।अहिले सत्तामा रहेका पार्टी यही २००७ सालसँग जोडिएका छन् । २००७ सालपछि भएका परिवर्तनहरुले कुनैपनि राजनीतिक पार्टीहरुले नेपालमुखी कार्यक्रमा प्रस्तुत गरिएको देखिदैन । नेपालमुखी कार्यक्रम ल्याउने पार्टीहरु भएपनि कार्यक्रमलाई कार्यंन्वयन गर्न सकेका छैनन् ।
राजनीतिक पार्टीहरुले आफ्ना घोषणा पत्रहरुमा देश र जनताको लागि भनेर लेखिएका त छन् । तर व्यवहार उल्टो गर्दै लगिरहेका छन् यसरी उल्टो तर्फ व्यवहार लगेकै कारण नेपाल पछिल्लो अवस्थामा आइपुग्दा देशको जर्जर आर्थिक समस्याले नेपाललाई गाज्दै लगेको छ । नेपालका आफ्नै उत्पादन केही बनस्पति ध्यु, तेल, तामाको तार, सिमेन्ट, केही फलामे छड, जुत्ता–चप्पल लगायतमा आंशिक प्रगति भएको भएपनि अधिकाँस सामानहरु विदेशवाट आयात गर्नुपर्ने बाध्यतामा देश पुगिसकेको छ ।
आयत र निर्यातको समानता नमिल्दा देशले ब्यापार घाटा व्यहोर्नु परेको छ । यस्ता समस्याहरु आजको आजै आएका भने होइनन् । देशमा परिवर्तन ल्याउन गरिएका क्रान्तिपछि आएका उदारीकरण नकरात्मक नीति पनि उत्तिक्कै जिम्मेवार छन् ।
राजनीतिक पार्टीहरुले जनताको स्वतन्त्रताको लागि गरेको प्रजातान्त्रिक आन्दोलन सही भएपनि त्यस आन्दोलनपछि देशको दिर्धकालीन विकासका लागि गर्नुपर्ने काम जस्तै उधोग, कलकारखान, व्यापार नेपालको अर्थतन्त्रलाई फराकिलो बनाउने र राष्ट्रिय–अन्तराष्ट्रियस्तरमा समेत प्रतिस्पर्धा गराउने गरी काम थाल्नुपर्ने थियो ।
त्यो नेपाली काँग्रेस जसले नेपालमा प्रजातान्त्रिक समाजवाद, कम्युनिष्ट खेमाहरुले अगाल्दै आएको मास्र्सवादी सिद्धान्तको जनताको अधिनायकत्वको समाजवाद जे जे नाम दिएपनि यउटै उदेश्य त्यो हुनुप¥थ्यो देशको अर्थतन्त्र बलियो र आत्मनिर्भरमुखी जसले देशलाई स्वाभिमानका साथ रक्षा गर्न सकोस् । ति कामहरु नेपालमा २००७ सालदेखि स्थापित हुदै आएको नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीहरुले गरेनन् । त्यो जानेर गरेनन् वा नजानेर त्यसको एकिन भएको छैन ।
तर राजनीतिक पार्टीहरुले दिर्धकालीन रुपमा ति खालका योजनाहरु नबनाएको कारण प्रजातन्त्रको स्थापना भएको ७२ बर्षको अन्तरालसम्म आइपुग्दा नेपालको अर्थतन्त्रमा नकरात्मक संकेत गर्दै गएको छ भने अर्कोतर्फ समाजपनि परनिर्भरमुखी हुदै गएको छ ।
नेपालमा हुर्किदै गरेका युवापुस्ताहरु जसले बढीमा प्लस टु पास गर्ने वित्तिक्कै देश छोडेर विदेश पलायन हुने स्थितिमा पु¥याएको छ । यस्तो स्थितिमा पु¥याउने मुख्य कारण भनेको देशभित्र सम्भावना र अवसरहरु सृर्जना गराउन नसक्नु, विश्वसनीय वातावरण नवनाउनु जस्ता कारणहरुले युवा पुस्तामा पारेको नकरात्मक असरहरु देखिएका छन् ।
ति नकरात्मक असरहरु देखिएपनि तिनै युवा पुस्ताहरुले विदेशमा गई कमाएर पठाएको रकमले प्रत्यक्ष÷अप्रत्यक्ष देशको अर्थतन्त्रलाई चलायमान बनाइराखेको छ ।
तर उत्पादनमा जोड दिन सकेको छैन । विश्व अर्थतन्त्रमा पर्न थालेको असरले नेपाललाई पनि असर पु¥याउदै लान थालिसकेको छ । त्यसको विकल्पमा नेपालीमुखी कार्यक्रम देशले नबनाउने हो भने नेपालको भविष्य हालसालै श्रीलंकामा देखिएको आर्थिक संकट जस्तै नेपालमा पनि त्यस्तै संकट आउन सक्ने सम्भावना अर्थविदहरुले औल्याउन थालेका छन् ।
यस्ता गम्भिर विषयलाई नेपालका सवै खालका राजनीतिक पार्टीहरुले नेपालको हितमा हुने दिर्धकालीन योजनाहरु साझा अवधारणाको रुपमा विकास गरेर जानुपर्ने देखिन्छ ।
चाहे त्यो नेपाली काँग्रेसको सरकार होस् वा अरुनै कुनै कम्युनिष्टको सरकार किन नहोस देशले उत्पादनमा जोड दिने निर्यात गर्नेसम्मको दिर्धकालीन अर्थ, परराष्ट्र जस्ता नीतिहरु सवै राजनीतिक पार्टीको साझा एजेन्डा बनाएर लान आवश्यक भएको देखिन्छ । त्यो काम नगर्ने हो भने नेपालको हालत तत्कालै श्रीलंका नभएपनि आउदा दिनहरु नेपालीहरुका लगि कठिन बन्न सक्छन् । त्यसैले आउदे समस्याहरुको सामना गर्न उपायहरु खोजिनुपर्छ र नेपालका दक्ष, योग्य, जनशक्तिलाई देशमा नै अवसर सृर्जना गराउने गरी काम थाल्नुपर्ने देखिन्छ । यतापर्टी सवैको ध्यान जावोस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend