logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आर्थिक संकट आउन नदिन सजग बनौं


  • जन आकाश
  • मंगलबार, साउन १० २०७९

 



विश्व बजारमा आएको नकरात्मक अर्थतन्त्रको प्रभाव र नेपालमा उठ्न नसकेको कृषि पेशाको वारेमा अध्ययन गर्नुपर्ने देखिन्छ । तर त्यस्ता खालका कार्यक्रम नीतिगत निर्णय गरेर कार्यन्वयनमा लैजाने काम भएको देखिदैन ।

विश्व अर्थतन्त्र ओरालो लाग्दै गरेको अवस्था र त्यसको प्रभाव र हल्लाका नकरात्मक संकेतले फैलाएको संशय जस्ता कारणहरुले सहज रुपमा उपलब्ध भईरहेका मानिसहरुले उपभोग गर्ने सामग्रीहरु उपलब्ध हुन छाडेकाछन् उपलब्ध भइहालेमा महगी अध्याधिक बढेको छ । अझै बढ्दै जाने संकेत गरेको छ ।

त्यो सवै युक्रेन र रुसको युद्धपछि विश्वका राष्ट्र राष्ट्रहरुमा मानिस भित्र रहने एक खालको संकुचित प्रतिष्ठाको लडाई र मानिसहरुले सोच्ने तरिका, हल्ला साथै शक्ति राष्ट्रहरुको टकरावले हाम्रो नेपाल राष्ट्र जस्ता विश्वका अल्पबिकसित धेरै राष्ट्रहरुले समस्या ब्यहोरी रहेका छन् । नेपाले बिशेष गरेर तेलको अपुर्तिमा बढ्न गएको महगीले सवै क्षेत्र प्रभावित भएको छ ।

नेपाल देशले यस्त समस्या आउने सम्भावनालाई मध्य नजर गरेर दिर्धकालीन योजनाहरु बनाउन सक्नुप¥थ्यो पेट्रोलमा बायो आयल अर्थात संजीवनीको तेल ४० प्रतिशत मिसाएर काम गर्न विगतमा नै काम गरेको भए सायद यस्तो समस्या निक्कै कम हुन्थ्यो । त्यो काम नगरेको भएपनि तत्कालै आएका समस्यालाई आपतकालीन योजना बनायर नेपालका नागरिकलाई आइपरेका समस्या सावधान गर्ने विकल्प ल्याउनु प¥थ्यो त्यो भनेको नेपालमा तत्कालै ईलेक्ट्रिकसिटीवाट चल्ने सवारी साधनलाई प्रोत्साहित गरेर ति बिजुलीवाट चल्ने गाडीहरुलाई छुट दिएर सेवा दिने र अर्को बिकल्प अथाह जमिन भएको नेपालमा बिभिन्न खालका कृषिजन्य उत्पादनलाई बढायर लादा आउदा दिनमा खाद्यन्नको अभाव हुदैन ।

यति मात्र काम गर्न नेपालले सक्ने हो भने धेरै अफ्ठ्यारो नेपालीहरुले व्यहोर्नु पदैन । किनकी जतिसुकै सुविधाका साधनहरु बनेपनि मानिसलाई खाद्यन्न नभई हुदैन । खाद्यन्न आत्मनिर्भर हुने देशका नागरिकले कहिल्यै भोकै मर्नुपर्दैन । अन्य देशवाट आइरहेका खाद्यन्नहरु कुनै दिन यस्तै युक्रेन र रुसजस्ता देश–देश बीचको समस्या हुदा आयात नहुन सक्छ त्यसकारण आफ्नै देशमा उत्पादन भएको खण्डमा कुनै समस्या पर्दैन कृषि नेपालको सन्दर्भमा तराईका क्षेत्रमा रोपेको ४ महिनामा र पाहाडी क्षेत्रमा ६ महिनामा हिमाली क्षेत्रमा ७ महिनामा खाद्यन्न भण्डारण गर्न सकिन्छ । त्याहा विगतमा गरिने पुरातन तरिकाले कृषि गर्ने होइन सरकाराले नीति बनायर ठुलो क्षेत्रफलमा खाद्यन्न उत्पादन गर्ने नयाँ कृषि नीति आवश्यक छ । त्यो काम तत्कालै गर्ने र आउदा दिनमा समेत दिर्धकालीन योजना बनायर नेपाललाई आत्मनिर्भरमुखी बनाउन जरुरी छ ।

चेतना जागृत गर्ने कार्यक्रम खोई ?
जुनसुकै संसारमा समस्या आइसकेपछि राज्यले तत्कालै योजनाहरु सार्वजानिक गर्ने गरेको अभ्यास देखिन्छ । तर हाम्रो नेपालमा त्यस्ता सार्वजानिक योजनाहरु लागु गरेको देखिदैन । श्रीलंका पछि दक्षिण एसियाका राष्ट्रहरुमा बढ्न सक्ने आर्थिक संकट सँगसँगै राजनीतिक अवस्थालाई समेत ध्यानमा राखेर सूचनाको माध्यम वा चेतना जागृत गर्ने अनेक खालका उपाय अपनाउनु पर्ने देखिन्छ ।

जसले बिलासिता र अनाआवश्यक बस्तुहरुको प्रयोग गर्नुहुदैन भनेर सार्वजनिक स्थलहरुमा चेतनामा जागृत गर्न पनि सम्बन्धित निकायहरुले अहम भूमिका निर्वाह गर्नुपर्छ यस्ता कामहरु गरेर आउन लागेका समस्यालाई सजिलै परास्त गर्न सकिन्छ । मानिसहरुले नजानेर वा भएका आर्थिक अन्य अनाआश्यक बस्तुमा खेर नफालुन भनेर तत्कालीन योजना ल्यायर नेपालका नागरिकहरुमा यस्ता आर्थिक समस्या जस्तो कि खाद्यन्न किन्नकै निम्ति आर्थिक अभाव कसैलाई आइनपारोस ।

यसरी तत्कालै गर्नुपर्ने कामहरु गरेको देखिदैन । सम्बन्धित निकायले तत्कालको तत्कालै कृषिको क्षेत्रमा आमुल परिवर्तन नै ल्याउने गरी काम गरिहाल्नु पर्ने देखिन्छ । कृषि क्षेत्रलाई सुरक्षित, विश्वसनीय र युवापुस्तामा जागरणनै ल्याउनुपर्छ ताकि लाखौ रुपैया खर्च गरेर आफ्नो देश छोडेर पढ्ने नाममा अर्काको देशमा गयर दुखः नगरुण ति प्रत्येक नेपाली युवायुवतीहरु आफ्नै देशमा कृषि, प¥र्यटन, उधोग, ब्यापार, जस्ता अनेक सम्भावना देखुन । त्यो काम सम्बन्धित निकायले गरोस् ।

२०७९ साउन १० गते मगलवारको जन आकाश साप्ताहिकमा प्रकाशित सम्पादकीय हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend