logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

ललितपुरमा बिग डिजिटलको शुरुवात


  • जन आकाश
  • शुक्रबार, साउन १३ २०७९

 



ललितपुर । नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग भनेर दावी गरिउको बिग डिजिटलको साउन १२ गतेदेखि शुरुवात भएको छ।

बिग डिजिटल स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोमा अवस्थित ग्वार्को कम्प्लेक्समा अवस्थित स्टोरको उद्घाटन गरी शुरुवात गरेकी थिइन ।

समारोहमा बोल्दै खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शिखरहरु आरोहण गदै जाओस् भन्ने शुभकामना दिइकी थिइन ।

त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको बताएका थिए ।
ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ्ग क्षेत्रमा नै नँयामापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौ।

उक्त सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्ध्यवादन लगायतका उत्पादनहरु उपलब्ध रहेको उल्लेख छ ।

ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन।

त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा निः शुल्क डेलिभरी र जडानको सुविधा पनि पाउनेछन्। बिग डिजिटलको काठमाडौँ उपत्यकामा ४ वटा नँया ठाउँहरुमा आफ्नो स्टोरहरु विस्तार गर्ने अल्पकालिन योजना छ।

यस्तै यसको दिर्घकालिन योजना भनेको देशका सबै सातवटा प्रदेशहरुमा नँया स्टोरहरुको स्थापना गर्ने उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend