logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रधानमन्त्रीलाई जेलस्वीको बाटो नहिड्न मैनालीको आग्रह


  • जन आकाश
  • शुक्रबार, साउन १३ २०७९

काठमाडौ । नेकपा (माले)का महासचीव सिपी मैनालीले मिति २०७९ साउन १३ गते रत्नपार्कको शन्ति वाटिकामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री शेर बहादुर देउवालाई अमेरिकाको योजनामा फसेर युक्रेनलाई जस्तै नेपाललाई बनाउने गरी जेलस्वीको बाटोमा हिड्न थालेको भन्दै प्रधानमन्त्रीलाई त्यस्तो जेलस्वीको बाटोमा नहिडेर नेपालको राष्ट्रिय स्वतन्त्र बचाउन विनम्र पूर्वक आग्रह गरेका छन् । उनले कोणसभालाई सम्बोधन गर्ने क्रममा यस्तो आग्रह गरेका हुन् ।



उनले विगतका उदारण समेत दिदै नेपाललाई खम्पा विद्रोहले समस्या पार्दा राजा बीरेन्द्रले सुझबुझका साथ पूर्खाहरु महेन्द्र, पृथ्विनारायण शाहको नेपाल दुई ढुङगा बीचको तरुल हो भनेर देशलाई माया गरेर देश जोगाए, वीरेन्द्रले महेन्द्र र पृथ्विनारायण शाहको इतिहाँस हेरेर नेपाललाई बचाएको दृष्टान्त दिदै त्यतिनै बेला वीरेन्द्रले देश जोगाउन खम्पाको विद्रोहलाई निस्तेज नपारेको भए नेपाल युक्रेन जस्तै ध्वस्त भएर खतम भइसक्ने थियो । त्यतिवेला वीरेन्द्रले नेपाललाई असंलग्न परराष्ट्र नीति अवलम्बन गरेर देशलाई बचाएका थिए । त्यस्तै नेपालका अहिलेका प्रधानमन्त्रीले अमेरिका र चीन बीचको लडाईको प्रतिस्पर्धामा नेपालको तठस्त नीति लियर नेपालको अस्तित्वमा संकट आउन नदिन आग्रह गरेका हुन् ।

त्यसैगरी अर्का बक्ता नेकपा (माले)का विदेश बिभाग सचीव सुरेन्द्र ढकालले नेपालको मूल्याबृद्धी १३ प्रतिशत के कारणले पुग्यो ? त्यसको खोजिनीति गर्नुपर्छ कि पर्दैन ? भन्दै प्रश्न गर्दै उत्तर पनि दिर्दै भाषण गरेका थिए । उनले नेपालले सवै आयात गरेर प्रयोग गर्ने भएको हुनाले यस्तो अवस्था आएको र नेपाल आफैले उत्पादन गरेर आत्मनिर्भर हुने गरेको भए जाहासुकै जेसुकै लडाई भएपनि नेपाललाइ केही असर पुग्ने थिएन तर अहिले युक्रेन र रुसको लडाईले तेल र खाद्यन्नमा उत्पन्न भएको अभाव र त्यही अभावका कारण १३ प्रतिशतसम्म महगी बढेको छ । यसको जवाफ विगतमा सत्तामा पुगेका र वर्तमान सत्तामा रहेकालाई जनताले सोध्नुपर्ने दिन आएको सम्बोधनका क्रममा बताएका थिए ।

कार्यक्रम अमेरिकी बिदेश साहायकमन्त्री डोनाल्ट लु नेपालमा आएको र नेपाललाई एसपीपी सम्झौतामा फसाउन खोजेको भनेर चारवोटा राजनीतिक पार्टीहरुले संयुृक्त बिरोधको कार्यक्रम अप्रत्यशित राखेका हुन् । आज बिहान मात्रै तय भएको कार्यक्रममा नेकप(माले)ले बिभिन्न जिल्लामा कार्यक्रम आयोजना गरेको छ । जसमा सल्यान दाङमा समेत कोणसभा भएको छ ।

बिरोध गर्ने पार्टीहरुमा नेकपा संयुक्त, नेपालवाद पार्टी, मेतेरी पार्टी, नेकपा (माले) रहेका थिए । बक्तव्य राख्नेहरुमा नेपालवाद पार्टीका दिपक शर्माले पनि आफ्नो धारणा राखेका थिए । भने नेकपा संयुक्तका महासचीव हरिचन्द्र गैरेले पनि आफ्नो धारणा राख्दै नेपाली जनतालाई एसपीपी नेपलको हित विपरित छ । यसको बिरोधमा उत्रन ढिलो गर्नु हुदैन भन्दै उपस्थित सवैलाई आग्रह गरेका छन् ।

कार्यक्रमको संचालन नेकपा९माले० का केन्द्रीय सदस्य घनश्याम मिश्रले गरेका थिए ।

स्मरणरहोस् नेपालमा आउने पाउनाहरुलाई नेपालीहरुले अतिथि देवोःभव भन्ने गर्छन् । पाउन हाम्रा भगवान सरह हुन् उनिहरुलाई सत्कार गर्नुपर्छ भन्ने नेपालीहरुको संस्कार रहदै आएकोे छ । त्यस्तै संस्कारमा रहेर विगतमा अन्तराष्ट्रि देशका महत्वपुर्ण व्यक्तिहरु नेपाल आउदा नेपालीहरुले विगतमा त्यस्तै सत्कार गर्दै आएका छन् । तर पछिल्लो समय नेपाललाई युद्धभुमिको रुपमा प्रयोग गर्न खोज्ने अमेरिका र त्यसको काउन्टरमा नेपाललाई अमेरिकाको प्रभाव बढ्न नदिन राजनीतिक रुपमा खेल्ने चइनाका गतिविधि नेपाल देशको लागि निक्कै टाउको दुखाई बन्दै गएको छ ।

यस्तो परिस्थितिमा नेपालका कुटनीतिक क्षेत्रका विज्ञहरुले नेपालको यो अप्ठ्यारोलाई सरल सहज ढंङवाट कुटनीतिक तरवरवाट नै असंलग्न परराष्ट्र नीतिमा नेपाल रहने वातावरण बनउन भूमिका खेल्न ढिलो गर्नुहुदैन । देशलाई अफ्ठ्यारो पर्दा काम गर्न सक्ने बुद्धिजीवीपो बुद्धिजीवि अरु वेला पत्रपत्रिकामा लेख लेखेर मात्र बुद्धिजीवि कहलिने बुद्धिजीवित अफ्ठ्यारो पर्दा देश छोडेर भाग्नेहरु मात्र हुन् । त्यसैले वास्ताविक बुद्धिजीविहरुको परिक्षण नेपालले गर्नैपर्छ । सत्यतथ्य बाहिर ल्याउन कटनीतिक पहल नै सवैभन्दा महत्वपुर्ण उपाय हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend