जन आकाश
काठमाडौं । आज नागपञ्चमी पर्व । हिन्दू धर्मावलम्वीले भगवान् शिवको रक्षाकवचका रूपमा रहने नागको पूजा गरी यो पर्व मनाउँदै आएका छन् । हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन घरघरमा नागको चित्र टाँस्ने, नागपोखरी र नाग थानहरूमा गएर पूजा गर्ने प्रचलन छ ।
काठमाडौ उपत्यका र शहरी क्षेत्रमा नागको पोष्टर ढोकामा टासेर नागाको पुजा गरेका छन् । भने गाउँघरमा अझैपनि नागथानहरुमा प्रत्यक्ष नागको पुजा गरेर नाग पञ्चमी मनाउने चलन छ । गाउघरहरुमा कतै कतै प्रत्यक्ष आजको दिन नागहरु आफ्नो थानवाट बाहिर निस्कने गर्दछन् । यसरी नागलाई आज देख्ने मानिसहरुले सोचेको र आफ्नो मेहनतको फल प्राप्त गर्छन भन्ने मान्यता रहीआएको छ ।
नागका आठ प्रकारका पूजा गरी दूवो, गाई दूघ, घिउ र भेटी चढाउनुका साथै कुल नाग थानमा विशेष पूजा गरी खीर, रोटीलगायत प्रसाद अर्पण गरिन्छ । गाईको गोबर भएको स्थानमा नागको भय नहुने भएकाले पनि गोबरको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ ।
आजको दिन घरको मूल ढोकामाथि नागको चित्र टाँस्नाले नाग खुसी हुने र वर्षभरि नै चट्याङ, आगलागीजस्ता दुर्घटना हुन नदिने तथा सर्प विच्छीजस्ता घातक जीवबाट रक्षा हुने शास्त्रीय मान्यता पाइन्छ ।
नागपञ्चमीका दिन पशुपतिको बासुकी, नक्सालको नागपोखरी, टौदह, ललितपुरको धापाखेल नागदह लगायतका स्थानमा मेला लाग्ने गर्छ ।
वैदिक ग्रन्थमा १२ प्रकारका नागहरुको व्याख्या गरिएकोछ । अनन्त, वासुकी, शेष, पधद्म, कम्बला, कर्कोटक, अश्वभतरा, धृतराट्र, शङ्कपला, कालिया, तक्षक र पिङ्गला गरी १२ प्रकारका नागहरूको पूजा गर्ने गरिएको छ ।
यसदिन विशेष रुपमा नागको पूजा गर्नाले हरेक प्रकारका दुख, कष्ट समाप्त भई राहु र केतु ग्रहबाट पर्नगएको नागदोष तथा पितृ दोष पनि शान्ति हुने विश्वास छ ।
प्राण प्रतिष्ठा गरिएको शिवलिंगमा चादिबाट बनाईएको नाग र नगिन अथवा धातुबाट निर्माण गरिएको नागको प्रतिमामा पूजा गरेर दान गरेमा सम्पूर्ण पितृ दोष तथा नागदोष शान्ति हुने प्रमाण शास्त्रमा उल्लेख मानिन्छ ।
रामेछापका बिभिन्नस्थानका नागपोखरीहरुमा पुजा आज गरेकाछन् । लिखु तामाकोशी गाउँपालिकास्थित रहेको नागदहमा पनि आज नागाको पुजा गरिएको त्यहावाट स्थानीयले हामीलाई जानकारी दिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend