logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मनाकामना केवलकार केहीदिनको लागि बन्द हुने


  • जन आकाश
  • बुधबार, साउन १८ २०७९

 



काठमाडौ । नेपालको पहिलो केबलकार मनकामना केबलकारले सञ्चालन प्रविधि स्तरोन्नति गर्ने प्रयोजनको लागि यहि श्रावन २३ गतेदेखि केबलकार सेवा बन्द गर्ने भएको छ ।

एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नको लागि काम अघि बढाउन लागिएको कम्पनीले जानकारी दिएको छ । उक्त नयाँ प्रणलीपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने कम्पनीले उल्लेख गरेको छ ।

चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति गर्न लागिएको हो ।

स्तरोन्नतिकार्य अष्ट्रियाका प्राविधिकहरुले गर्ने छन् । स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने छ यस अबधिभर केबलकार सेवा
बन्द रहेता पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend