जन आकाश
काठमाडौँ । नेपाली काँग्रेसप्रति आस्था राख्ने पर्यटन व्यवसायीहरुको दुई भिन्दाभिन्दै सङ्गठनले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ पर्यटन व्यवसायी निलहरि बास्तोलालाई आधिकारिक उम्मेदवार उठाउने भएको छ ।
टानको आगामी साउन ३० गते हुने निर्वाचनका लागि नेपाल पर्यटन व्यवसायी सङघ (निटनेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले बुुधबार संयुुक्त कार्यक्रम गरी टानको अध्यक्षमा व्यवसायी बास्तोलालाई समर्थन गर्ने निर्णय गरेको हो । दुुबै सङ्गठनका अध्यक्ष क्रमश, दीपक महत र आरबी अधिकारीको रोहबरमा बास्तोलालाई आधिकार उम्मेदवारको रुपमा निर्वाचन अभियानमा होमिने निर्णय भएको निटनेपालका अध्यक्ष दिपक महतले जानकारी दिएका छन् । उनले दुबै सुभेच्छुक संस्था एकाकार भएर टान निर्वाचनमा एउटै समूहको रुपमा प्रतिस्पर्धा गर्ने निर्णय भएको बताए ।
अध्यक्षका प्रत्यासी बास्तोलाले सुभेच्छुक संस्थाबाट आफूू टान अध्यक्षको आधिकारिक उम्मेद्वार भएकाले व्यवसायीक छलफल र प्रचार–प्रसारलाई तीब्रता दिएको बताए ।
पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन टानको अध्यक्ष प्रत्यासीका उम्मेदवार बास्तोला अब्बल प्रतिस्पर्धीको रुपमा हामिन सक्ने ठानेर उम्मेद्धार बनाएको उक्त पक्षका पदाधिकारीहरुले बताएका छन् । पर्यटन क्षेत्रमा विगत २६ वर्षदेखि सक्रिय बास्तोला टानको नेतृत्वमा पुुगेको खण्डमा पर्वतीय पर्यटनको शाखलाई खदिलो बनाएर समग्र व्यवसायीको हित अनुकूलको संस्था स्थापित गर्ने बताएका छन् । उनले टानको संस्थागत सुधार र पर्यटन व्यावसाय प्रवद्र्धनका भाबी योजनासहितको एजेण्डा आफुसँग रहेको बताए ।
उनले थपे, आफू नेतृत्वमा पुगेको खण्डमा टानलाई व्यवसायीले हैन टानले व्यवसायीलाई खोज्ने वातावरण बनाउने प्रतिवद्धता समेत गरेका छन् ।
बास्तोलाले भने, “विस २०३५ मा टान स्थापना भएको हो । टानको ईतिहासमा आजसम्म टानले व्यवसायीलाई एक कल फोन गरेर ‘तपाँइहरुको व्यवसाय कस्तो छ, के गरिरहनुभएको छ’ भनेर सोध्नुभएको देख्नुभएको छैन होला । अहिलेको आवश्यकता के हो भने तपाँइ हामीले टान खोज्ने हैन टानले व्यवसायीलाई खोजिदियोस् भन्ने भावनाका साथ एजेण्डा लिएर जानुपर्छ ।”
टानको संस्थागत सुदृढिकरण र सेवा प्रभावकारिता एवम् सरकार र निजी क्षेत्रबीचको व्यवसायिक साझेदारितालाई समन्वयकासाथ टानमा स्वार्थरहितका पूर्ण व्यवसायीलाई नेतृत्वमा लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।
प्रतिस्पर्धामा अर्को प्रगतिशील समुहको साझा उम्मेद्धार पनि हुने भएको हुनाले यसै भन्न नसकिने अवस्था भने छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend