logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मितेरी पार्टी नेकपा (माले) मा समाहित


  • जन आकाश
  • शनिबार, साउन २१ २०७९

काठमाडौ । मितिः २०७९ साल साउन २१ गते मितेरी पार्टी नेपाल नेकपा(माले)मा समाहित भएको छ । मितेरी पार्टीका देशभरवाट आएका नेता कार्यकर्ताहरु नेकपा(माले)पार्टीको केन्द्रीय कार्यालय रातोपुलमा आई समाहित भएका हुन् ।



मितेरी पार्टीका सह–अध्यक्ष नेमा लामा, महामन्त्री खिम बहादुर शिवाकोटी, सह–महामन्त्री भिष्म कडेल लगायतको नेतृत्वमा पार्टी समाहित भएको हो ।

मितेरी पार्टीवाट मालेमा समाहित हुने क्रममा नेताहरुले बोल्ने क्रममा देशभक्त पार्टी भनेको नेकपा (माले) पो रहेछ । हामीले नजानेर लामो समय अन्त खेर फलेछौ । नेकपा मालेले उठाएका मुद्दा देशको हितमा छन् । त्यसकारण देशभक्तिपुर्ण आन्दोलनमा हामी लामबद्ध हुन आएका हौ । मितेरी पार्टीका नेताहरुको भनाई हो यो ।

समाहित भएका कार्यकर्ताहरुको नामवली आउन बाँकी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend