जन आकाश
काठमाडौ । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका प्रत्यासीले आ–आफ्नो समूहबाट उम्मेदवारी घोषणा गरेर व्यवसायिक छलफल र प्रचार प्रसारलाई तीब्रता दिएका छन् । अध्यक्षका प्रत्यासीले व्ययसायीमाझ टान नेतृत्वमा पुगेको खण्डमा आगामी कार्ययोजनाको खाकाको फेहरिस्त प्रस्तुत गरिरहेका छन् । अध्यक्षका प्रत्यासीमध्येका सफल पर्यटन व्यवसायी निलहरि बाँस्तोलाले टान सुधार्ने र व्यवसायिक हितका लागि आगामी कार्ययोजनासहित चुनावी अभियानमा जुटिरहेको बताएका छन् ।
टान नेतृत्वमा पुगेको खण्डमा टानलाई पूर्ण व्यवसायिक हितका लागि काम गर्ने प्रभावकारी संस्थाको रुपमा स्थापित गर्दै पर्वतीय पर्यटन विकास र प्रवद्र्धनमा आफूलाई सक्रिय बनाउने बताउने गरेका छन् ।
नेपाली कांग्रेसको शुुभेच्छुक सङ्गठन नेपाल पर्यटन व्यवसायी सङ्घ (निट नेपाल) र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घकोतर्फबाट आधिकारिक उम्मेदवार बनेका बास्तोलाले टानलाई डिजिटलाईज गर्दै पूर्ण व्यवसायीमैत्री संस्थाको रुपमा विकास गर्ने योजना बिभिन्न सञ्चारमाध्यमलाई पठाएर सार्वजानिक गर्ने गरेका छन् ।
पर्यटन क्षेत्रमा विगत २६ वर्षदेखि सक्रिय बाँस्तोलाले पर्यटन क्षेत्रलाई गुणस्तरीय र दक्ष मानव स्रोत साधन युक्त बनाईने बताउने गरेका छन् उनको भनाई यस्तो छ । ,“पर्यटन क्षेत्रलाई गुणस्तर अभिवृद्धि गर्न जरुरी छ । विजनेस दर्ता गरेर मात्रै संभव हुँदैन । त्यो व्यवसायी व्यवसाय गर्न सम्भव छकी छैन । पदमार्गमा कुनै पदयात्री कुनैपनि खाले समस्यामा परेर सहयोग खोजेको अवस्थामा टानले सहजिकरण गर्ने वातावरण हुनुपर्छ । त्यसका लागि हामी अवश्यपनि काम गर्नेछौ ।”
टानमा इ–लाइबेरी बनाइने
पर्यटन वास्तोलाले टानको नेतृत्वमा पुगेपछि क्यालेन्टर बनाएर संस्थागत सुधारको काम गर्ने ।व्यवसायीले चाहेका बेला एकै थलोबाट आवश्यक किताव, फोटो, भिडियो लगायत सामग्री सहजै उपलब्ध गराउने उद्देश्यले टानमा इ– लाइबेरी स्थापना गर्ने “टानले अहिलेसम्म डाटाबेसमा खेलेको छैन । यो समयको माग हो । हिजोका अग्रजले प्रयास गरेका तर नसकेका आजको आवश्यकता अनुसार कुन देशबाट कति पर्यटक भित्र्याउने । भिजनका साथ अघि बढ्नुपर्छ । आजको दिनमा विदेशी पर्यटक १० लाख र २० लाख भनेर हुदैँन । डिमान्ड बडाउनुपर्छ ।”
व्यवसायी बास्तोलाले विदेशी पर्यटक नेपाल भित्रिने सबै मुलुकमा बढीभन्दा बढी विदेशीलाई आकर्षण गर्न योजनाबद्ध कार्यक्रम लैजानुपर्नेमा जोड दिएका छन् । उनको भनाई यस्तो छ । ,“विदेशी पर्यटक नेपाल भित्रने कुन देशमा कस्तो बजारीकरण आवश्यक छ । देशीय गन्तव्यवाईज बजारीकरण गर्नका लागि व्यवसायीसँग छलफल गरेर कार्यक्रम कार्यान्वयन लानुपर्छ त्यो मेरो नेतृत्वले गर्छ।”
टान प्रादेशिक संरचनामा
टान अझै पनि प्रादेशिक रुपमा जान नसकेको भन्दै व्यवसायी बास्तोलाले टानलाई प्रादेशिक संरचनामा लगेर व्यवसायिलाई मतदानको अधिकारको सुनिश्चित गर्न जररी रहेको उल्लेख गरेका छन् । उनले टानलाई प्रादेशिक रुपमा व्यवस्थापन गर्दै समयसापेक्ष देशब्यापी रुपमा विकास गरी पदमार्गको पहिचान र प्रवद्र्धन गर्न नयाँ कार्यसमितिले काम गर्ने बताएका छन् ।
टानलाई विशुद्ध व्यावसायिक संस्थाका रूपमा विकास गरी परिवर्तित अवस्थामा संस्थाको भूमिकालाई व्यापक बनाएर अघि बढ्ने बाँस्तोलाको योजनामा उल्लेख छ । आगामी साउन ३० गतेका लागि तय गरिएको टानको ४४औँ साधारणसभा एवं निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ । टानको अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । टानमा करिब एक हजार ८०० सदस्य रहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend