logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

ढकाल र एमाले अध्यक्ष ओली बीचभेट


  • जन आकाश
  • आइतबार, साउन २२ २०७९

 



काठमाडौँ । सरकारले अगामि मङसिर ४ गते आईतबार एकै साथ हुने संधिय संसद तथा प्रदेश सभाको निर्बाचनको मिति घोषणा सँगै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संग भेट गरेका छन् ।

ओली निवास बालकोटमा शनिबार बेलुका भएको भेटमा समसामयिक राजनैतिक अवस्थाको बारेमा छलफल भएको ढकालका परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले जानकारी दिए ।

निर्बाचन घोषणा पछि दूई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएकोछ । गएको स्थानीय निर्बाचनमा एमाले र परिवार दलले चुनाबी सहकार्य गरेका थिए । भेटमा स्थानिय निकायको निर्बाचनको समिक्षा हुनुको साथै अगामि निर्बाचनमा पनि दूई दलबीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल भएको पौडेलले जानकारी दिए ।

दुबै नेता बिच आपसी सवाद र छलफलको माध्यबाट अगाडि बढने र परिवार दलले एमाललाई स्थानीय निकायमा सर्पोट गरेकोमा अध्यक्ष ओलीले प्रशन्नता ब्यत्त गरेको पौडेलले जानकारी दिएका हुन्। झण्डै २ घण्टा भएको छलफलमा सत्ता गठनबन्घ र अगामि निर्बाचनको बारेमा छलफल भएको पौडेलले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend