जन आकाश
काठमाडौ । बालबालिकाहरुको उज्जवल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारा सहित शिक्षाको पहुँचबाट कोहीपनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथ बालदिवसको शुभअवसर पारेर “PRABHU LITTLE CHAMP PMS” योजना शुरुवात गरेको छ ।
त्यसै अनुरुप प्रभु क्यापिटलले “आशा” नामको जनचेतनामूलक भिडियो सावर्जनिक गरेको छ । यस भिडियोमा मुख्य पात्र आशा जस्तै कैयौं लगानीकर्ताहरुले, जसले प्रभु क्यापिटलको पिएमएसबाट शेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रवृतिमा अध्ययन गरिरहेका छन् र प्रभु क्यापिटलले यो संख्या दिनप्रतिदिन थपिदै गएको जानकारी दिएको छ । उक्त भिडियोमा व्यवसायसँगै संस्थागत रुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले शुरुवात गरेको उल्लेख गरेको छ ।
प्रभु क्यापिटलले यो योजनामा जोडिएका व्यक्तिरुले आफ्नो छोराछोरीको उज्जवल भविष्यका साथ सामाजिक कार्यमा सहयोगी बन्न सक्नुहुने उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend