जन आकाश
काठमाडौं। तारर्केश्वर नगरपालिका–१, साङ्ला स्थित श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन भएका छन्।
बिगत २० बर्ष देखि संचार क्षेत्रमा कार्यरत थापाले विद्यार्थीको भविस्य बन्ने ठाउँ विद्यालय भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउने र विद्यालयमा विद्यार्थीले के चाहन्छन त्यो पहिचान गरि त्यही अनुसारको शिक्षा प्रदान गर्नमा आफु लागि पर्ने प्रतिबद्धता गरेको उल्लेख गरी पठाएका छन्।
त्यस्तै अर्का बक्ता साङ्ला बालकुमारी विद्यालयका प्रधानाध्यापक डा.टिकाराम भट्टले समय समयमा शिक्षकहरुको क्षमता परीक्षण हुनुपर्ने बताएका छन्। क्षमता परीक्षणबाट शिक्षकहरुले आफुलाई अध्ययनशील राख्ने र पेशागत विकासमा ध्यान दिने उनको विश्वास छ।
वास्तवमा शिक्षकले शिक्षक सेवा आयोग उत्तीर्ण भएर केहि वर्ष शिक्षण गरे पश्चात जागिरको पनि सुनिश्चिततता भईसकेको हुने हुँदा शिक्षकको पढ्ने बानीमा अलि निष्क्रियता पनि बढेको हुन सक्ने भन्दै उनले शिक्षकहरुलाई अद्यावधिक राख्न पनि शिक्षकहरुको क्षमता परीक्षण हुनुअनिवार्य रहेको बताए। समय अनुसार शिक्षा परिवर्तन हुने भएकोले शिक्षकहरु पनि परिवर्तन हुनु जरुरी रहेको उनको भनाई छ। उनले विद्यालयको विकासका लागि योगदान गर्न सफल हुने विस्वास लिएर थापालाई अध्यक्षमा चयन गरेको बताए।
समितिका सदस्यहरुमा विदुर सापकोटा, लक्षमण तिमलसिना, स्वस्थानी पराजुली अधिकारी, लक्ष्मी नारायण खड्की, सुरेस केसी,उषा कुवँर, यादव प्रसाद फुयाल लगायत चयन भएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend