logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

मनास्लुद्धारा चुनिदेवी मन्दिरलाई ५१००० प्रदान


  • जन आकाश
  • बुधबार, साउन २५ २०७९

 



काठमाडौ । चावाहिल चुच्चेपाटीमा अवस्थित मनास्लु वल्र्ड कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत बुढानिलकण्ठ नगरपालिका वडा नं ९ चुनिखेलमा रहेको चुनिदेबी मन्दिरको निर्माणको लागि ५१००० सहयोग प्रदान गरेको छ ।

उक्त सहयोग रकम यही साउन २५ गते मनास्लु वर्ल्ड कलेजको कार्यकक्षमा कलेजका तर्फवाट कलेजका अध्यक्ष गेन्द्र लामा, प्राचार्य राजन श्रेष्ठ बुढानिलकण्ठ वाडं नंं १३ का वडाध्यक्ष टिकेश नारायण श्रेष्ठ र पूर्व वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, स्थानीयहरु लगायतको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

कलेजले विगतका वर्षहरूमा पनि लायन्स लगायतका संघ संस्था मार्फत कोभिड महामारीको समयमा विभिन्न समाजिक कार्यक्रमहरू संचालन गरेको थियो । गत वर्षपनि त्यस कलेजले सिन्धुपाल्चोक जिल्लाको अति दुर्गम गाँउ ग्याल्थुममा रहेको एक सामुदायिक विद्यालयलाई शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend