जन आकाश
चितवन । चितवनको भरतपुरस्थित अत्याधु्निक सुविधा सम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्स वभव्य रुपमा मनाउने भएको छ । सिजी ल्यान्डमार्कले यही साउन २७, २८ र २९ गते तीनदिनसम्म विभिन्न मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाउने तयारी गरेको हो ।
वार्षिकोत्सवको अवसरमा सिजी ल्यान्डमार्कमा ग्राहक र आगन्तुकले गेम, डान्स, मेहेन्दी, लाइभ म्युजिक, फुड लगायतको मज्जा लिन पाउने मलले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा मलमा आउने ग्राहकका लागि गिफ्टको समेत व्यवस्था गरिएको मलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उज्वल केसीले जानकारी दिए । तेस्रो वार्षिकोत्सवको अवसरमा मलमा भव्य कार्यक्रम गरी प्रमुख अतिथिको हातबाट केक पनि काटिने सीओओ केसीको भनाइ छ ।
सहरभित्रको सहर नाराका साथ सञ्चालन भइरहेको सिजी ल्यान्डमार्कले तेस्रो वार्षिकोत्सवको अवसर पारेर मनसुन फेस्टिभ अफर पनि सार्वजनिक गरेको छ । पछिसम्म चल्ने मनसुन अफर अन्तर्गत मलमा सञ्चालित विभिन्न सामानका आउटलेटहरुले आकर्षक छुट दिनेछन् ।
ग्राहकले मलप्रति दर्शाएको स्नेहबाट उत्साहितहुँदै उनीहरुलाई बेग्लै किसिमको अनुभव दिन भव्य कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन लागेको केसीको भनाइ छ । केसीका अनुसार सिजी ल्यान्डमार्क चितवनमा विश्वविख्यात ब्रान्डका सामान एकै ठाउँमा पाइने एकमात्र गन्तव्य हो । यहाँ सुविधा सम्पन्न होटल, रेस्टुरेन्ट, सिनेमाहल, सपिङ सेन्टर, सभाहल लगायतका सुविधा उपलब्ध रहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend