जन आकाश
काठमाडौ । नेत्रहिन युवा संघको आयोजनमा अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ ।
यहि साउन २७ गते भएको प्रतियोगितामा नेत्रहिन युवा संघ नेपालले अन्तरराष्ट्रिय युवा दिवसको असर पारेर आयोजना गरेको अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा कान्तिपुर इन्टरनेश्नल कलेज बिराटनगरकी छात्रा कृपा करुणा पोखरेल प्रथम भएकी छन् ।
राजनीतिमा युवा, समाबेशीता राजनीति र अपाङ्गता , मेरो भोट मेरो भबिष्य भन्ने बिषयमा भएको वक्तृत्वकला १५ प्रतिस्प्रर्धीलाई पछि पादै पोखरेल बिजयी भएकी हुन् ।
हाइब्रिड (भौतिक तथा अनलाइन) माध्ययम द्वारा सम्पन्न भएको प्रतियोगितमा ९३ प्रतिस्पर्धीबाट १५ जनालाई अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । देशभरीबाट भएको प्रतियोगितामा १५ जना बिद्यार्थीहरु सहभागी थिए । काठमाडौ युनिर्भसीटीका सन्दीप थापा द्वितिय , जया मल्टीपल कलेजका सुग्यानी बिक बिरेन्द्र तृतीय भएका थिए भने नेश्नल कलेज धुम्बराीका सौगात वाग्ले , मेहेन्द्र मल्टीपल कलेजी छात्र बिनिता मुल्ली सतारले सान्त्वना पुरुस्कार प्राप्त गरेका थिए । वक्तृत्वकलाको निर्णायक मण्डलमा बबिता बस्नेत, धिरेन्द्र प्रेमर्षि, रमेश प्रसाई रहेका थिए ।
प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद रु १५ हजार, १० हजार र ५ हजार सान्तना पुरुस्कारलाई २ हजार संगै पुस्तक र प्रमाणपत्र प्रदान गरीएको थियो । त्यस्तै प्रतियोगितामा सहभागि सबैलाई प्रमाणपत्र र पुस्तक दिइएको थियो । नेपाल नेत्रहिन युवा संघका अध्यक्ष कलानिधी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संञ्चालन नेत्रहिन युवा संघका महासचिब राम गेरैले सञ्चालन गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend